Advertisement
SKIP THIS

रोधीँ सांगीतिक सौगातमा अन्जु आउने


धन गुरुङ

सोल-रोधीँ सांगीतिक सौगात ३ का लागि नेपाली सुगम संगीतका महारानी अन्जु पन्त कोरिया आउने भएका छन । कोरियनहरुको महान चाड छुसकको अवसर पारेर तमु धीँ दक्षिण कोरियाले सेप्टेम्बर २७ तारिकको दिन आयोजना गर्न लागेको ” रोधीँ सांगीतिक सौगात भाग ३” ( कर्मा ब्याण्ड लाइभ इन कोरिया ) का लागि गायिका अन्जु पन्त सहित नेपालको चर्चित ब्याण्ड कर्मा र लोकदोहोरीका अहिलेका व्यस्त गायिका कृष्णा गुरुङ कोरिया आउन लागेको हो।

 

तमु हाउस व्यवस्थापन र प्राकृतिक प्रकोपमा परेकाको सहयोगार्थ आयोजना हुन लागेको उक्त कार्यक्रममा यसअघि चर्चित भर्सटाइल गायिका श्रेयसी चेम्जोङ आउने तय भए पनि घरायसी कारणले उनी आउन नसक्ने भएपछि कोरियाबासी नेपालीलाई मनोरञ्जन दिन अन्जु पन्त कोरिया आउने भएका हुन ।

 

कहाँ होला घरबार कहाँ होला गाउँ , हुक्क मेरो डल्ले डल्ले नली नलाई खन्न जस्ता नेपाली लोकलयमा आधारित कर्णप्रिय गितहरुका धनी कर्मा ब्याण्ड, नबिर्से तिमिलाई न पाए तिमिलाई, तिमीले पराई ठानेपछी जस्ता सुगम संगीतमा सदाबहार गीतका गायिका अन्जु पन्त र एकादशी बजारमा भेट भाको पोहोरै, म त हजुर नेपाली र दामी देखिन्छ जस्ता लोकदोहोरीमा चर्चित गीतहरु स्रोतमाझ पस्किसकेकी गायिका कृष्णा गुरुङ्ले आफ्ना चर्चित गीतहरुले कोरियामा रहेका नेपालीदर्शकलाई संगीतको तालमा झुमाउने छन ।

 

यहाँ रहेका नेपालीहरुलाई आपतविपत पर्दा र काम छोडेको बेला बस्न सजिलो होस भन्ने हेतुले तमु हाउसको परिकल्पना सहित यसैको व्यवस्थापन गर्न कार्यक्रम आयोजना गर्न लागिएको तमु धीँका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । नेपालमा विभिन्न समयमा आईरह्ने प्राकृतिक प्रकोपमा परेका नेपालीहरुलाई सहयोग गर्नु कार्यक्रमको अर्को उदेश्य रहेको छ ।

 

स्मरण रहोस् गत सलनालमा नेपाल हाउस ब्यवस्थापन समिति द्वारा आयोजना गरेको नेपाल हाउस सांगितिक महामेलामा अन्जु पन्त आउने कुरा धेरै चर्चा चलाएता पनि अन्तिममा विभिन्न कारणबस आउन नसकेका कारण अन्जु प्रति दर्शकहरूले देखेका सपना त्यत्तिकै तुहिईएका थिए भने यस पाली दर्शकहरूको ईच्छा र चाहाना पुरा गर्नका लागि अन्जु पन्तलाई कोरिया बोलाउन लागिएको महासचिब प्रितम गुरूङले बताउँदै सम्पुर्ण नेपाली दाजु भाई दिदी बिहिनीहरूलाई उक्त कार्यक्रममा सहभागी भै भरपुर मनोरञ्जन लिंदै कार्यक्रम सफल पारिदिनु हुन तमु धीं दक्षिण कोरियाको तर्फबाट हार्दिक अनुरोध गरेको छ ।

 

कर्मा ब्यान्ड लाइभ कन्सर्ट इन कोरिया नाम दिएको कार्यक्रम सेप्टेम्बर २७ मा कोरियाको राजधानी सिओल नजिकैको शहर दोङ्देमुन स्थित छाङसिन स्कुल कन्सर्ट हलमा हुने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...