Advertisement
SKIP THIS

अब एमआरपी होइन ई-पासपोर्ट


काठमाडौं-परराष्ट्र मन्त्रालयले आगामी दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको छ।

 

सन् २०१७ भित्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरी अत्याधुनिक राहदानी जारी गर्नेसम्बन्धी कार्ययोजना परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गत शुक्रबार अनुमोदन गरेका हुन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को बाध्यकारी प्रावधानअनुसार नेपालले सन् २०११ देखि मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आएको छ ।

 

 

‘परराष्ट्र मन्त्रीज्यूबाट यससम्बन्धी कार्ययोजना स्वीकृत भएर आएको छ। अहिले हामी अध्ययन तथा छलफलका क्रममा छौं’, परराष्ट्रअन्तर्गतको केन्द्रीय राहदानी विभागका उपसचिव शरदराज आरनले भने ।

 

एमआरपीभन्दा इलेक्ट्रोनिक राहदानी गुणस्तरीय, विश्वासिलो र सुरक्षित मानिन्छ। एमआरपीमा भन्दा ई-पासपोर्टमा प्रयोग हुने ‘चिप्स’ र ‘सेक्युरिटी फिचर’ विश्वासिला हुन्छन् भने यस्तो पासपोर्ट नबिग्रने र नक्कली बनाउने सम्भावना हुँदैन।

 

कार्ययोजनाअनुसार इलेक्ट्रोनिक राहदानी प्रचलनमा ल्याउन थप अध्ययनका लागि राहदानी विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन भइसकेको उपसचिव आरनले बताए। -अन्नपूर्ण

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...