एनआरएन कोरिया र हुण्डी हवल्दारको उम्मेदवारी
सज्जन कुमार सिंह (सुर्य )
गैर आवसिय नेपालीहरुले नेपालसंग नागरिक र नागरिकताको नाता टुटेको आन्द्रा जोड्ने सोचसहित , कुनै समय म नेपाली नागरिक थिए है भन्ने संझना गर्दै देश त्यागेर बिदेशी अबसर र सुख सयलको जिन्दगी बाचेकाहरुले नेपालसंग जाेडिन हालेकाे एउटा तुइन हाे एन अार एन । नेपालीका लागि नेपाली भन्ने अभियान सहित २००३ मा लण्डनमा स्थापना गरि बिश्वभरमा छरिदै गएकाे एनअार एन काेरियामा २००६ मे २० मा स्थापित भएकाे रहेछ । अहिले एन अारएन काेरिया छैटाे बर्षकाे जन्माेत्सव मनाउदै छ ।
बिश्वका धेरै देशमा हागा बिस्तार गरेकाे छ एन अारएनले ।बिशेष त देशकाे नागरिकता हुईकाएर विदेशी नागरिक बनेका नेपालीहरुले अाफु बसेकाे सम्बन्धित देशमा संगठित हुन चिनापरिचय गर्न ,हामी विदेशि नागरिकता धारी नेपाली हाै भन्ने परिचयका लागि एन अारएन गठन भयेा । गैर अावसिय नेपालीमा सुरुमा बिदेशी नागरिकता बाेकेका नेपाली नै थिए र उनिहरु नै शुद्द एनअारएन हुन । एनअार एनकाे विधान र प्रस्तावना यसरी नै बनाइयाे पछि क्रमिक रुपमा यसलाई विश्वका नेपाली रहेका देशमा फैलाउदै, विधान संशाेधन पनि गरियाे । अहिले चार पाच बर्षका लागि काम गर्न विदेश जाने नेपालीलाई पनि एनअार एन भित्र खाजे पछि एन अार एनमा विदेश बस्ने नागरिकता भिरेका र काम गर्न छिरेका नेपाली पनि अटाए। उनिहरु पनि एनअार एन हुन भनेर संस्थाले स्पष्ट पार्दे २ बर्ष विदेश बसाइ पुगेकालाइ एनअार एनकाे सदस्यता दिन थालियाे ।
खासमा एन अारएन दिर्घकालिन रुपमा बिदेशमा बसाेबास गर्ने विदेशि नागरिकता लिएका नै हुन ।शुद्ध एन अार एनलाई मात्र समेट्ने हाे भने कार्यसमितिमा अट्ने मान्छे सम्म नहुने भएपछि क्रमिक रुपमा यसमा कामदार अाउरे बाउरे सबैलाइ मिसाउदै सदस्यता बितरण गरियाे । सानाे एन अार एनलाइ फुकाउदै दायारा बढाए पछि याे संस्थाले नेपालमा बिदेशी लगानी भित्राउने काम पनि गर्दै अाएकाे छ । विभिन्न प्राकृतिक प्रकाेप तथा सामाजिक काममा एनअार एनहरुले सहयाेग गरिरहेकाे छ भने स्वदेशमा विदेशी लगानी भित्राउन हाइड्राे पावर कृषि बिकास ,साैर्य उर्जा समेतमा पनि लगानि गर्दै अाएकाे छ ।
विशेष गरेर पैसावालहरुकाे सस्था भनेर अाराेप खेपिरहेकाे याे संस्थालाई केही देशमा कालाे धन शुद्ध पार्ने संस्था भनेर पनि अाराेप लाग्ने गर्छ । अमेरिकामा अध्यक्ष पदका प्रत्यासीले १००० डलर धरौटी राख्नुबाटै थाहा हुन्छ यसमा अावद्ध ब्यक्ति केही अार्थिक रुपमा सबल भएकाे हुनुपर्छ ।
यतिबेला दक्षिण काेरियामा पनि एनअारएनकाे पाचाै अधिवेशन नजिकिदै छ । ३२ हजार कामदारले पसिना राेपेर अाफ्नाे हरियाली जीवन हुर्काउन लागि परेकाहरु बिचमा एन अार एन पनि सहयात्री बन्ने अठाेट गरेकाे छ । कामदारलाइ बस्ने नेपाल हाउस बनाउने सन्दर्भमा हाेस या दैवी प्रकाेप र देश बिकास संग सम्बन्धित बिषयमा नै किन नहाेस याे संगै छ ।
यी र यस्ता केही बिषयमा एनअारएनकाे भुमिका छ तर याे अाफै तुवालाेमा हराएकाे चन्द्रमा जस्ताे भएकाे छ । ३२ हजार उर्जावान शिक्षित युवाकाे जमातमा खडा भएकाे एन अारएनकाे नेतृत्वले अहिले गरिरहेकाे काम सन्ताेष जनक छदै छैन किनकि एनअारएनले ३२ हजार उर्जाशिल र बिकासप्रेमि युवाकाे तन,मनकाे तार बजाउन सकेन । भने उनिहरुकाे धनलाई समेत देश बिकासकाे लागि प्रयाेग गर्ने नीति र कार्यक्रम लिन सक्नु पर्थ्याे जति सकिने थियाे त्याे सकिएन । तर १२ कराेड वन उठाउने र नेपाल हाउस निर्माणका लागि थालिएका केहि कदमहरु प्रशंसा गर्न लायक कदम हुन तर समयमै काम पूरा गर्न नसक्नु ढिला सुस्ति केही त्यहि भित्रका कमजाेरी हुन ।
एन अार एन देख्दा सिंगाे नै देखिदैन ,अध्यक्षले नै भने याे ठाउकाे मात्र हाे । अध्यक्षकाे टाउकाेमा बाधिने एनअारएनकाे परिचय र जिम्मेवारी एक जना कै वरिपरि नाच्छ । ३/३ जना उपाध्यक्ष र १५/१६ जनाकाे कार्य समिति छ ।केहि समुन्द्रका माछा हुन्छन जाे चाराे अाउदा देखिन्छन | अघिपछि गुमनाम हुन्छन त्यस्तै ,एनअाररएन का अध्यक्ष बाहेकका पदाधिकारि पनि चुनाव हुदा देखिन्छन अघिपछि गुमनाम ।
अध्यक्षकाे भुमिका बढि भए पनि अन्य पदाधिकारिलाइ विशेष जिम्मेवारी नदिने भए अध्यक्ष मात्र चुन्दा हुन्छ ,अरुकाे के काम ? हाेईन भने सबैलाइ विशेष जिम्मेवारी दिने कार्यक्रम बनाउनु जरुरी छ । टाउकाे मात्र भएकाे एन अार एनले हेर्ने काम गर्छ तर दाैडिन र अन्य धेरै काम गर्न चाहि हात खुट्टा र शरीर चाहिन्छ । टाउकाे मात्र भएकाे एनअारएनमा अब शरीर सक्रिय बन्नु पर्याे।
एन अार एन काेरिया ३२ हजार चल्ता पुर्जा सबल युवाकाे क्षमता र लगानीलाइ देश बिकासका लगाउने कुरामा चुकेकाे सत्य हाे ।३२ हजार नेपाली काे कर्मभुमि बनेकाे काेरियाकाे तिता केहि सत्य छन । दिनहु जसाे मृत्यु वरण गरिरहेका नेपालीहरु ,दिनहु जसाे यातना भाेगिरहेका कामदार ,दिनहु जसाे यातना सहेका बिबाहित महिला ,हुण्डी पिडित लगायतका कैयाै बिषय बस्तु समस्याका रुपमा अाएका छन । मजदुर हरुका कार्यस्थल परिवर्तन तलब नदिने,स्वास्थ्य समस्या ,दुर्घटना बिमा जस्ता समस्याहरु भाेग्ने सयाै दाजुभाइ दिदिबहिनीहरु संग न कुनै संस्थाको साथ छ न कसैकाे सहयाेग छ । प्राय अनेकथरि प्रचार गरि नेतृत्वमा अाउन खाेज्ने अाम व्यक्तिले यस्ता समस्या संग सिधा सम्पर्क सहित समाधानकाे विशेष कार्यक्रम बनाएकाे देखिएन । यसमा कानुनी र सरकारी मान्यताका केही जटिलता छन तर सकिने पनि गरिएन त्याे दुखकाे बिषय हाे ।
दिनहुकाे मृत्यु डरलाग्दाे रुपमा बढिरहेकाे छ ।मरेकाहरु काे लास पठउन चन्दा उठउनु परेकाे छ । याे समस्या समाधनकाे दिर्घकलिन साेच कसैले लिन सकेनन्। कृषि क्षेत्रमा काम गर्ने कामदार तलब सुविधामा भएकाे असमानता , कामदार संचय काेष मात्र नभै यहाका नेपालीकाे अाम्दामी र सहभागितालाइ प्रयाेग गरि देशमा तिब्र उत्पादन र बिकास गर्न सकिने सम्भावनालाइ पहिलाउन याेजना बनाउन पनि सकिन्थ्याे तर सकिएन ।
अहिले विभिन्न व्यक्तिले एनअार एनमा अाउनका लागि उम्मेदवारी घाेषणा गरेका छन । सामाजिक भावनाले धकेलेर समाजसेवा गर्न अघि सर्नु महान काम हाे तर चाहना मात्र भएर पनि सबैलाइ यसमा सहभागी बनाउन असम्भव छ | एकातिर भने अर्काेतिर काेरियाका नेपालीकाे बिचमा सहकार्य गर्दै नया याेजना कार्यक्रम ल्याउन सक्ने क्षमतावान,भ्रष्ट अाचारण नभएकाे, शुद्ध काम र राम्राे छवि भएका ब्यक्तिलाई चुन्नु पनि अर्काे महत्वपुर्ण कुरा हाे । याे अधिवेशनकाे माहाेल हेर्दा यस्ताे लाग्छ याे कुनै एक फाेहाेरी संसदिय दलकाे चुनाव हाे । ।अामाकाे याद अाए मामालाई हेर्नु भने झै नेपाली मुल राजनितिकाे मुल चरित्र यहाका नेपाली र नेतृत्वमा पुगेकाहरुले पनि भिरेर हिड्नु दु:खकाे बिषय हाे । कस्ताे गजबकाे झल्काे दिएकाे छ याे अधिवेशनले संसदिय निर्वाचनकाे? याे चुनाव हाेकि याे अधिवेशन छुट्टाउनै कठिन ?
नजिकै अधिवेशन मिति अाउदा अाफै शुल्क हाल्दिएर भए पनि फर्म भर्ने अाफ्नाे पक्षमा मतदान जुटाउन लागि पर्नु ,खाेप्पा खाेप्पा र चाेकचाेकमा राजनैतिक गुट उपगुटका गाेप्य भेला मिटिङ हेर्दा यस्ताे लाग्छ उनिहरु हिराकाे पहाड जित्न एनअारएनमा जादै छन् । चाेकचाेकमा पसल थापेका व्यापिरि पसलै पिच्छे उमेदवारी घाेषणा गरेका छन । साैताका रिसले पाेइकाे नाक ठाेक्नु भने झै ,अझै काेहि काेहि त व्यक्तिगत रिसीइवी र व्यापारिक खिचतानीका कारणले पनि एकअर्काकाे सेखि झार्ने अनाैठाे उद्देश्य बाेकेर मैदानमा उत्रिएका छन । एनअारएन राम्राे बनाउन भन्दा पनि कुनै मन नपर्ने मान्छेलाइ पछार्न लाग्नुले पनि यसकाे भावि कार्यक्रम कस्ताे हाेला अक्कल लगाउन गाह्रो छैन । यता साेच्नु पर्छ ।
हुण्डी र अवैध काम गरेर दुई चार पैसाे कमाउने अनि एनअारएनमा छिरेर महान समाजसेवी बन्ने परम्परा पनि एनअारएनकाे गतिलाे परम्परा बनेकाे छ । कालाे धनलाइ सेताे बनाउन लागेकाहरुकाे तजबिज बन्न नदिनु र खराब मान्छेहरुलाइ समाजसेवीकाे ताज पैराउने काम पनि अब यसले बन्द गर्नु पर्छ । अबकाे याे परिदृश्य नया अधिवेशनमा पुनरावृत हुनुहुदैन । धेरै हुण्डी हवल्दारहरु अहिले मैदानमा उत्रिएका छन समाजसेवा र बिकास गर्ने नाममा देशलाइ खाेक्राे पार्ने काममा लाग्ने काम गरिरहेकाहरुबाट टाढा राख्न पनि अबकाे नेतृत्व बनाउने कुरालाइ साेच्नु पर्छ ।
अाफ्नाे ब्यापारिक खुड्किलाे उक्लिन एनअारएनकाे बैशाखि टेक्ने अभिष्ट बुनिरहेका अाम महानुभावहरु पनि अब साेच्नु पर्ने जरुरि छ । अनेकथरि विज्ञापन गरि कामदार उत्थान सहयाेगकाे नारा लगाएर पङ्गाे बन्नु भन्दा सकिने र गर्न मिल्ने सानै कुरा गर्दा हुन्छ। लाेकप्रियताका लागि नचाइदा नारा लगाउनुले काैवाले कां गर्छ अाफ्नै नाम काढ्छ जस्तै हुन्छ ।यस्ताे नचाइदाे लाखे नाच देखाएर नेतृत्व हुईकाउने लक्ष्य राख्नु हुदैन सानाे कुरा गराै तर गरेकाे बाचा पूरा गराै ।
एक कार्यरक्रममा सरकारी नियम नमान्ने भए पछि अाफुले एनअारएन पनि नमान्ने राजदुतकमानसिं लामाकाे भनाई अाएकाे थियाे । भुकम्प पिडित राहत काेष संचालनमा पनि एनअारएनले दुतावाससंग सहकार्य नगरि अाफुखुसि रकम उठाएकाे र पारदर्शि रुपमा वितरण नगरेकाे समेत अाराेप थियाे । अहिले विभिन्न पदका लागि उमेद्दवार बनेकाले पनि दुतावासमा एनअार एन हु भने पनि दुतावासमा दर्ता नगराएकाे राजदुत लामाले जानकारी दिएका थिए ।यसरी एनअार एन र दुतावास बिच मै याे खालकाे सम्बन्ध हुनु गलत हाे । राजदुतावास साथै अन्य सबै संघ संस्थासंग सहकार्य गर्न सक्ने नेतृत्व र एनअारएन अावश्यक छ । यी केही सम्बन्धका जटिलता अबकाे नेतृत्वले सुधार्नु पर्छ ।त्यस्ताे नेतृत्व खाेजि गरेकाे छ संस्थाले ।
एन अार एन काेरियाले नेपालीका लागि नेपाल हाउस निर्माणका लागि रकम संकलन गरेपनि निर्माणकार्य ढिला भएकाे प्रति गुनासाे गर्दै प्रश्न गरेपछि एनअारएन काेरियाका अध्यक्ष बिनाेद कुवंरले केही ढिला भए पनि प्रकृया अगाडि बढाइएकाे बताए । साथै कतिपयले त्यहि नेपाल हाउसका लागि उठेकाे दश कराेडमा अाखा गाडेर पनि एनअारएनमा अाउन खाेजेका छन भन्ने पनि अाराेप लगाए यस्ता धमिलाे पानीमा माछा मार्नेहरु काे लस्कर कमि छैन त्यस्ता सिकारि पनि चिन्नु जरुरी छ । खराब मनशाय र उद्देश्य बाेकेर भाडभैलाे मच्याउनेहरुबाट पनि अब सचेत हुनुपर्छ । अाफुले नगर्ने र केही गर्न खाेज्ने अरुलाइ खाेइराे खन्ने ,विराेध मात्रै गर्ने वादरे चरित्र भएकाहरु पनि छन त्यस्ता व्यक्ति पनि अब अावश्यक छैन ।तर गलत काम र प्रकृयाकाे चाहिँ सधै बिराेध सहित सुधारमा लान सहयाेग गर्नु चाहिँ पर्छ ।
उद्देश्य अनुसार काम र समयमा ग र्नुपर्ने काम गर्न नसक्नुमा एनअारएन काेरियाकाे नेतृत्वले माफी माग्नु पर्छ तर सुरुवात गरेकाे केही अभियानमा धन्यवादकाे पात्र पनि हाे । एक जनाकाे कार्यकालमा थालिएकाे याे काम अर्काे कार्यकालका व्यक्तिले कति सफल बनाउलान याे पनि गम्भीर समीक्षा गर्नु पर्छ । याे सन्दर्भमा अबकाे कार्यकाल पनि अहिलेकाे नेतृत्वलाइ दिने त ? भन्ने प्रश्न पनि खडा हुन सक्छ । यदि त्याे नभए पनि उहाहरुले थाल्नु भएकाे काम र केही कदमलाइ अबकाे नेतृत्वले अात्मसाथ गर्दै पुरा गर्नु पर्छ । अधिवेशन मिति नजिकिदै जादा काेरियामा उमेद्ववारि दिने र भाेट माग्ने क्रम बढेर गएकाे छ । गतअाईतबारकाे अन्तर्क्रिया कार्यक्रममा ६ जनाले अध्यक्ष पदका लागि उमेदवारी दिनुभएकाे बुझिएकाे छ ।
यसमा विभिन्न दलका प्रतिनिधि पात्रहरु र तिनै दलकाे सहयाेगमा अघि सारिएकाे छ । तर कुनै एक दलकाे सहि छाप र बलमिचाइले संगठनमा सबै कार्यकर्ता भर्ति गरायाे भने पनि त्याे संगठन पार्टिकाे भातृ संगठन जस्ताे बन्छ । फरक विचारमा सहभागी ब्यक्तिकाे सहयाेग नरहन सक्छ । त्यसैले पनि सबै अास्था र बिचारमा अावद्द ब्यक्ति हुनु जरुरी देखिन्छ । त्याे भन्दा बढि कुनै बिचार र रंग पार्नु जरुरी छैन | यसमा विशेष विचार पुराउनु पर्छ ।
समाजमा राम्राे छवि भएकन ,केही गर्न सक्ने क्षमतावान र अाफ्नाे कार्यकालमा महत्वपुर्ण भुमिका निभाएका व्यक्ति केहि गर्ने अाट भईका व्यक्ति र बढि जिम्मेवारी बहन गर्न सक्ने राम्रा ब्यक्तिलाई अवकाे एनअारएन काेरियामा सहमती गरि नेतृत्व दिनुपर्छ ।अहिले नाम मात्रकाे एनअारएनलाई ३२ हजार नेपालीकाे साझा चाैतारी र अभिभावक बनाउदै सामुहिक प्रयत्नमा देश बिकास गर्न सक्ने याेजना सहित अघि बढ्ने नेतृत्व सहमतीका अाधार चुन्नु नै उचित हुन्छ । सबैलाई मेराे शुभकामना ।