कोरियन सरकारबाट एमटियुले मान्यता पायो
सोल-कोरियामा रहेका प्रवासी मजदूरहरुको छाता संगठन प्रबासी मजदूर युनियन (एमटियु) लाई यहाँको सरकारले सरकारी मान्यता दिएको छ |
सरकारी मान्यता पाउन भने युनियनले लामो समय संघर्ष गरेको थियो | युनियनका पदाधिकारीहरु सोलको श्रम विभागको क्षेत्रीय कार्यालमा ६,७ जना २५ दिनसम्म अनिबार्य हरेक दिन धर्ना बसेका थिए | उनीहरुको मागलाई सम्बोधन गर्दै सरकारले बिहिबार बिहान ११.१० बजे युनियनका पदाधिकारीहरुलाई दर्ता प्रमाण पत्र प्रदान गरेको हो |
सरकारी मान्यतासंगै कोरियामा रहेका १० लाख प्रवासी मजदूरले बर्गीय संगठन खोल्न र संगठनको गतिबिधि गर्न पाउने भएका छन |
यहाँको सर्बोच्च अदालतले जुन २५ मा एमटीयुलाई बैधानिकता प्रदान गर्नुपर्ने पक्षमा फैसला गरे पनि बिधान संशोधन नगरी मान्यता नदिने श्रम तथा रोजगार मन्त्रालयले अडान लिएको थियो | मन्त्रालयको अडान अनुसार नै युनियनले २ पटक साधारण सभा गरेर बिधान संशोधन गरेको थियो |
युनियनको विधानमा हाल लागु भैरहेको प्रवासी मजदुर नीतिमा सुधार गर्दै कार्य भिसा प्रणाली ( work permit system) लागु गराउन साथै मजदुर अधिकार सुनिस्चित गर्न एमटियुले संघर्ष गर्नेछ “ भनि राखिएको प्रस्तावना बुदाँमा गम्भीर असहमति जनाउदै युनियनको दर्ता रोकिदिएको थियो |