सेप्टेम्बर २७ मा ‘साउण्ड अफ समर’ ले धुम मच्चाउने
सोल-आउदो छुसकको अवसरमा कोरियामा रहेका नेपालीलाई एभरेस्ट एफसी परिवारले पूर्ण मनोरंजन दिने भएको छ | उसले चुसकको दोश्रो दिन सेप्टेम्बर २७ तारिक ५ जना कलाकार आमन्त्रण गरेर ‘साउण्ड अफ समर’ नामक सांगीतिक कन्सर्ट आयोजना गरेको हो |
‘साउण्ड अफ समर’ का लागि गायक राजु लामा, नृत्यकार पार्वती राई, रक पप गायिका तृष्णा गुरुङ, हास्यकलाकारद्वय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाडे) कोरिया आउन लागेका हुन् |
‘एभरेस्ट एफसी परिवारको अभियान, भूकम्प पीडित बालबालिकाहरुको शिक्षामा योगदान’ नारा दिइएको समर साउण्ड दुन्गुक बिश्व विद्यालयको हलमा आयोजना गर्न लागिएको हो | ३ नम्बर ट्रेनको दुङगुक बिश्वबिध्यालय स्टेसनमा ओर्लिएर गेट नो ६ बाट बाहिर निस्किएपछि सो हलमा पुग्न सकिने आयोजकले बताएका छन् |