Advertisement
SKIP THIS

ओमान भन्दै कुवेततिर हिँडेका चार युवती पक्राउ


काठमाडौं-गलत कागजात र विवरण देखाई कुबेत र सिंगापुर हिँडेका चार युवती आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

 

 

विमानस्थल प्रहरीले वैदेशिक रोजगारीमा ओमान जाने भन्दै ढाँटेर कुवेत जान लागेकी एक युवतीलाई पक्राउ गरेको हो भने सिंगापुर अध्यामगनले फर्काएका तीन युवतीलाई विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो।त्रिभुवन विमानस्थलस्थित अध्यागमन डेस्कमा ओमान जाने कागजपत्र देखाएकी कास्कीकी गीता दमाईंको साथबाट कुवेतको पेपर भिसा भेटेपछि प्रहरीले पक्राउ गरेको हो।

 

 

 

सिंगापुर अध्यागमनले फर्काएका पाल्पाकी गंगा पोख्रेल, पोखराकी शान्ति गुरुङ र बुटवलकी विनिता कुँवर पनि पक्राउ परेका हुन्।पर्यटक भिसामा सिंगापुर उडेका यी युवतीको फर्कने टिकटलगायतका कागजपत्रमा शंका लागेपछि सिंगापुर अध्यागमनले फर्काएको थियो।

 

 

सिल्क एयरबाट सिंगापुर उडेका उनीहरूको फर्कने टिकट थाई एयरको पाएपछि सिंगापुर अध्यामगनले शंकास्पद भन्दै फिर्ता गरेको थियो। सिंगापुरबाट नेपाल फर्कन थाई एयरको सीधा उडान छैन।स्रोतका अनुसार उनीहरूसँग थाई एयरको टिकटसमेत नक्कली थियो।

 

 

बुटवलकी विनिताले भनिन्, ‘सिंगापुरबाट थाई एयरको उडान छ भनेर टिकट काटेका हौं तर रहेनछ। त्यसमै शंका गरेर सिंगापुर अध्यामगनले हामी तीनैजनालाई फर्काइदियो।’

 

 

अध्यागमनका एक उच्च कर्मचारीले भने, ‘भिजिट भिसामा उनीहरू कसरी सजिलै गए म आश्चर्यमा परेको छु। प्रहरी र अध्यागमनकै सेटिङमा उनीहरूलाई पठाइएको हुनुपर्छ।’ ती कर्मचारीले प्रहरी, सम्बन्धित एयरलाइन्सका कर्मचारी र प्रहरीको सेटिङबेगर भिजिट भिसामा कुनै पनि हालतमा जान नसक्ने दाबी गरे। अध्यामगन विभागले तीनैजना युवतीलाई धरौटीमा छाडेको छ।

 

 

कुबेतको पेपर भिसासहित पक्राउ परेकी दमाईंलाई प्रहरीले थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाएको छ। विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भूपाल भण्डारीले ओमान जान लागेकी दमाईंको साथबाट कुवेतको पेपर भिसा पाइएपछि पक्राउ गरिएको बताए।

 

 

विगतमा ४-५ वर्ष ओमानमा काम गरेकी दमाईं त्यहाँ आकर्षक तलब नभएपछि कुबेत जान लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। फ्लाई दुबईको उडानबाट जान लागेकी दमाईंले दुबईबाट ओमन गएर केही दिन बसेपछि कुबेतमा आएर काम गर्ने योजना बनाएकी थिइन्।

 

 

भिजिट भिसामा कुबेत जाने युवतीहरूको यात्रालाई कडाइ गरेपछि दमाईंले वैकल्पिक उपाय अपनाएकी थिइन्। विमानस्थल अध्यामगनमा ओमान जाने भन्दै सबै कागजपत्र देखाएपछि अध्यागमनले उनलाई प्रस्थान अनुमति दिएको थियो। अध्यागमनले प्रस्थान अनुमति दिएपछि अन्तिम सुरक्षा जाँचमा उनको साथबाट कुवेतको भिसा पाएपछि प्रहरीले पक्राउ गरेको हो।-अन्नपूर्ण

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...