मृतकको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सम्पन्न


 

सोल – गत जुलाई ३१ मा आफ्नै सहकर्मी हत्या गरेका काभ्रेका सुदिप रावत र अगस्त १२ मा कोठामा मृत फेला परेका नवलपरासीका स्व.बिरेन्द्र प्रसाद चौधरिको सम्झनामा काभ्रे सम्पर्क समिती , नवलपरासी कोरिया सम्पर्क मन्चको आयोजना, प्रवासमा हाम्रो एकता समुहको संयुक्त आयोजना सोल स्थित नेपाल हाउसमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

 
काभ्रे सम्पर्क समितिका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षता कोरियाका लागि नेपाली महामहिम राजदुत कमन सिंह लामाको प्रमुख अतिथ्यामा सम्पन्न श्रद्धाञ्जली सभामा राजदुत लामाले घटनाले आफू दुखित भएको र मनोरञ्जनको नाममा साथी भाई धूम्रपान तथा मद्दयपानको कुलतमा लागेर क्षणिकलाई समाल्न नसक्दा यस्तो घटना घटने हुदा आफै सजक हुनु पर्ने बताए ।

 

 

श्रमसहचारी अनिल गुरुङले यस्तो घट्ना पहिलो भएको र यो नै अन्तिम हुनु पर्ने र यस्तो भईपरी आउने दूतावासले गर्न सक्ने जस्तो सुकै काम जति बेला पनि आफू तयार रहेको बताए । कार्यक्रममा समाजसेवी रुद्र शर्मा , एनआरएन अध्यक्ष बिनोद कुवर , केपि सिटौला एनसिसि अध्यक्ष प्रेम शाह ,यज्ञराज सुवेदी लगायतले मृतकहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै शाेकाकुल परिवार प्रती हार्दिक संवेदना प्रकट गरेका थिए । उक्त श्रद्धाञ्जली समारोहमा नेपाली समुदायको उल्लेखीय उपस्थिति रहेको थियो |

 

 

काभ्रे सम्पर्क समितिले स्व.सुदिप रावतको नाममा अक्षय कोष स्थापना गरेको र उक्त रकम पछि साबजानिक गरिने जानकारी दिने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...