जनता,राजनीतिक दल र नेपालको अवस्था
बिक्रम मल्ल ठकुरी
हाम्रो देश नेपाल यतिबेला केही आशाको दियो संगै हिङ्सात्मक द्वन्द मा निकै लडबडाईरहेको छ | संबिधानको पक्षमा केही आशालाग्दा उपलब्धी भए पनि देश अझै अन्योलको अबस्थामा गुज्रीरहेको हामी सबैलाई सर्बविदितै छ । आन्दोलनकै क्रममा प्रहरी प्रशासनको गोलीबाट आफ्नो मुल्यवान रगत अर्थहिन तरिकाले बगाएर केही नेपाल आमाका होनाहार यूवाहरूले यो धर्ती छोडिसकेका छन् । एक दिनको बन्दले देशमा करोडौको नोक्सानी हुन्छ भन्ने पनि पक्कै सबै जनतालाई थाहा हुनसक्छ तर पनि दिनानुदिन बन्दको आव्हान भइरहेको छ यो निकै दुख को बिषय हो |
किन यस्तो परिस्थिती सृजना भैरहेको छ हामीले बुझ्न जरूरी छ र हामी जनता गलत की नेता गलत ? हाम्रो माग बास्तबिक सही छ की गलत ? र समाधान कसरी ? के माग गर्नलाई नेपाल बन्द नै गर्दा उचित होला ? भन्ने बिषयमा आम नेपाली समुदाय गम्भिर भएर सोच्न जरूरी छ ।
यो आन्दोलनमा पनि दलका नेता अघिअघि जनता पछिपछि रहेको बन्दको आन्दोलनमा सडकमा देखियो यो आन्दोलन दिनानु हिंसात्मक तिर होईन समाधानतिर जानुपर्छ |
हो देशमा अब संबिधान आउने लगभग पक्कापक्की भैसकेको छ र आ-आफ्ना क्षेत्र समुदायको अधिकार समेटिन्छ कि समेटिदैन दबाब दिन जरूरी हो प्रकियागत ढंगले, सरकारले सबै क्षेत्र समुदायलाई सम्बोधन गर्न जरूरी छ किनकी नेपाली जनता सबै नेपालकै नागरिक हुन् त्यसैले संबिधान कसैलाई भेदभाब नहुने मान्य खालको ल्याउनु पर्दछ तर यहा के देखियो भने दुईदुई पटकको संबिधान सभा चुनाबको बेला यिनै दलका संघियतासहितको कार्यपत्र सिद्दान्त बोकेर राजनीतिक रफन्डा मच्चाउदै हिड्ने राष्ट्रियस्तरका नेतादेखी गाउ स्तरका नेतासम्म अहिले छ प्रदेशमा बिभाजन गर्दा किन आफ्नो अञ्चल जिल्ला अखण्डको आबाज फेरी ?
के यो हिजो थाहा थिएन यि दल नेतालाई? संघियतामा देशभित्र सिमा पुनः निर्धारण गरिन्छ भन्ने त सबैलाई थाहा थियो नी अहिले किन फेरी हिजो आफै गरिसकेको कामलाई गलत भन्दै छन अलिकती पनि आफ्नो कुनै निश्चित गन्तव्य निर्धारण गर्न सक्दैनौ र सिद्दान्त छैन भने किन अगाडी बढ्न खोज्दैछौ ? चुनाबमा यही बिषय लिएर सोझासाझा जनताहरूलाई एक पार्टी र अर्को पार्टी भनेर लडाउने दलहरू अहिले अखण्ड भनेर एक अर्कामा लडाउन होईन देशमा बिकास गर्न एकजुट बनेर देखाउन सक्नुपर्छ सभासद र नेताहरुले |
हामी जनताहरू अझै सबै बुझ्न सक्दैनौ यही समुदायलाई नेतृत्व गरेर राम्रो बाटो देखाउन र यही समाजमा धेरै बिकास गर्नुपर्ने जिम्मेवारी बोकेका नेताहरू जनतालाई सही बाटोमा हिडाउ आन्दोलन गरेर पिटाई खाने मर्ने गरिब जनताका छोराछोरीहरू हुन त्यसैले जनतालाई राम्रो कुरा,बाटो देखाउ एक आपसमा गरिबका सन्तान लडेर के मिल्छ यहा
आम जनताहरूले निकै बुझ्नुपर्नेछ राजनीतिक दलका बिचार सिद्दान्तलाई धेरै अध्ययन गरेर झण्डा बोकेर आन्दोलन गर्न आबश्यक छ या छैन ? चुनाबमा त्यही कार्यपत्र बोकेर आउने राजनीतिक दललाई भोट दिएर बिजय बनाएर पठाउने अनि अहिले त्यही कार्यपत्र सिद्दान्त अनुसारको काम हुदा बाटो बन्द गरेर तोडफोड गर्न हिड्ने यो आफैले थुकेको थुक आफै चाट्नु भन्ने यही हो | संघियतानै नचाहेको भए चुनाब नै बहिस्कार गरेर संघियता खारेजको माग गर्न सकिन्थ्यो अथवा कमरेड चित्रबहादुर के सीको पार्टी जनमोर्चाले संघियताको आबाज आउदादेखि नै बिरोधको आबाज उठाई रहेको थियो त्यसैलाई भोट दिएर सबैभन्दा ठुलो पार्टी बनाएर पठाएको भए यो समस्यानै सामना गर्नु पर्दैन थियो |
त्यसैले देशको लागी र आउदो पुस्ताको प्रगतीको लागी केही आफ्ना माग सही या गलत निष्पक्ष तरिकाले बुझेर गलतलाई त्यागेर सबैसंग समायोजन हुने किसिमले अगाडी बढौ र देशमा छिटो भन्दा छिटो संबिधान जारी गर्ने अभियानमा लागौ सचेत नागरिकको पहिचान दियौ , हामी नेपाली हौ भनेर गर्बका साथ विश्वमा पहिचान दिन सकौ सबै एक अर्काको भलो सम्झेर अगाडी बढौ देशले प्रगतीको फट्को मार्ने छ ।
रजवारा प्यूठान
हाल कोरिया