नेपाली राष्ट्रियताको बर्तमान अवस्था र हामी
मुकुन्द गौतम
सगरमाथा र बुद्धको देश न वृटिस सँगको युद्धबाट जन्मेको हो, न यसमा आज कुनै माफियाको बलिदान छ, न भारतको सहयोग ? किन आज नेपालमाथी खराब नजर लगाइदै छ ? अनी नेपाली माफियाहरु भारतको समर्थन गर्दै छन् ? के नेपाल आफ्नो देशको कानुन जनताको हितमा तयार गर्न सक्दैन ? के नेपाल भारत सम्बन्ध दीर्घकालीन र सुमुधुर छ त ? हाम्रो देशमा आज दैनिक हत्या हिंसा बलात्कार र चोरी लगायतका अनेकौँ घटना घटाउने गिरोहले खुल्ला सिमानाको फाइदा लिइ लुक्ने सरल माध्यम बनेको छ ।
देशको शान्ति सुरक्षामा आघात पुग्दा समेत किन देशको कुटनितिक निकाय बोल्न सक्दैन । कुनै विदेशी आज हाम्रो देशको सीपाही माथी धावा दिनु के यो नेपाली र नेपालको हितमा छ । हाम्रा देशभक्त साथीहरुको सिमानाको समस्याको मुजुल्का सरकारलाई बुझाउन लाग्दा किन पक्राउ पर्छन् । किन हाम्रो देशको नेताहरु यस्तो गहन मुद्दामा मौन छन् ? २००७ सालपछि बृहत रुपमा देशको अस्तित्व बेचियो र देशमा अनेकौ देश टुक्राउने गिरोह निकाली देश युद्धमय भयो । देशका सचेत लाखौँ युवाहरुलाई विदेश पलायन गराई देशलाई गरिब बनाइयो ? आज मरुभूमिमा हजारौ नेपाली मर्दैछन् । यता दशेका सबै कलाकारखाना बन्द गराइ नदिनाला पराइलाई हस्ताक्षर गर्दै देश लुटिरहेका छन् । जनताको कुनै कुरा सुन्ने फुर्सद छैन बरु आफ्नो फाइदा र स्वार्थको लागी नेपाल आमा र चेलीबेटीअरुलाइ भाडामा दिन तयार हुन देशका नेताहरु तयार हुन्छन् ।
विदेशको फाइदा हेरि गरिएको नेपालको नौटन्की सहमतीको कती आश गर्छौ साथी हो ? आज दशकौ बितिसकेको छ किन नेताहरु संविधान संविधान भन्दै जाति, धर्म पनि सबैको क्षेत्रका नाममा देश टुक्राएर माफ छोटे राजा बन्ने दाउमा छन् ? के यिनीहरुले सर्बाहाराको ऐन बनाउलान् त ? यो सबै जनतालाई मुर्ख बनाउने जालझेल मात्रै हो । एकपटक हाम्रो सिमानामा भएको सम्झौता र हस्तक्षेप हेर्नुहोस् त । आज हाम्रो लिपुलेक माथी दावा बोलिदै छ । त्यसको बिरोधमा गएका देशभक्त नेपाली साथीहरुलाई चेतावनी दिएर फर्काइएको छ । यस्तो हुँदासम्म पनि चुपचाप सहेर बस्ने नेतालाई देशभक्त भन्नभएको छ हैन?
के नेपालका राजनितीक पार्टीले आफ्नै नेपाली जनताको हितमा काम गरिरहेका छन् ? के नेपाल स्वतन्त्र छ ? स्वतन्त्रताको अधिकार नेपालीलाई छैन ? नेपालमा किन अर्काको भरमा पर्नु परेको छ ? किन देशको राजनीति छाडा भै देश फुटको अवस्थामा छ ? यतिको हुदाहुदै किन हामी जातीय, धार्मिक र क्षेत्रको बखेडामा अलमल हुदै इतिहास भुल्दैछौ ? यसो गर्दा हाम्रा सन्ततिको भोलिको दिन कस्तो होला ? हामी सबैलाई थाहा छ कुनै बेला राष्ट्रियता कतिसम्म बलियो थियो तर आजका नेताको ध्यान देशको राष्ट्रियता जोगाउने भन्दा पनि कार्यकर्ता पाल्ने पद बचाउने र पैसा कमाउने छ । अब हामीले हाम्रो देश जोगाउन तिर लाग्नुपर्छ । आजभन्दा अघिसम्मको सम्पूर्ण राष्ट्रघाती सम्झौता र सिमाना विवाद खारेजी गर्दै नयाँ नक्साको नेपालका लागी लडनुपर्छ । त्यो आजको होइन १९५० अघिको हो । हाम्रो यस अभियानमा सबैको साथ दिनेछन । आउनुहोस् हामी सम्पुर्ण देशभक्तहरु एकजुट हौ ।