Advertisement
SKIP THIS

अमिर र अनिता मोडल हन्ट नेपाल


कुबेर गिरी
काठमाडौं । काठमाडौ जोरपाटीका २२ बर्षिय समिर कुवर राणा र दमौली तनहुकी २२ बर्षिय अनिता नेपाली उत्कृष्ट मोडल घोषित भएका छन् । राजधानीमा बुधबार साँझ सम्पन्न मोडल हन्टको अन्तिम स्पर्धामा ६ फिट एक इन्च उचाइका समिर पुरुषहरु तर्फ र ५ फिट ६ इन्च उचाइकी अनिता महिला तर्फ उत्कृष्ट मोडल छानिएका हुन् ।

बेष्ट क्याटवाकको उपाधि समेत जितेका समिरले ३७ युवा प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका थिए भने अनिताले ३२ प्रतियोगीलाई पछि पर्दै उपाधि जित्न सफल भइन् । अनिताले मोष्ट फोटोजेनिक उपाधि समेत हात पारेकी थिइन् । दुबै शिर्ष उपाधिका बिजेताले आकर्षक नगद, निर्देशक राजु गिरीको एक चलचित्र अभिनय अफरका साथमा बिभिन्न उपहारहरु प्राप्त गरेका छन् ।

unnamed (2)

मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उदेश्यले नेक्ष्ट मोडलस् नेपालले यो बर्षबाट सुरु गरेको प्रतियोगीतामा पुरुष तर्फ मनिष राउत र नबिन न्यौपाने क्रमश फष्ट रनर अफ र सेकेण्ड रनर चुनिदा महिला तर्फ प्रिय राई र शिवानी मल्लले क्रमश फष्ट रनर अफ र सेकेन्ड रनर अफको उपाधि जित्न सफल भए । दुबै फष्टरनर अफ र सेकेन्ड रनरअफले उपाधिका , चलचित्र ,म्युजिक भिडियो बिज्ञापन अभिनयका साथमा बिभिन्न उपहारहरु प्राप्त गरे ।

रनवे ,ब्यक्तित्व बिकाश, आर.जे, भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिभिन्न बिषयका दक्ष प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारिएको प्रतियोगीतामा पुरुषहरु तर्फ बेष्ट पर्सनालीटी मनिष राउत, बेष्ट फिजिक्क्क्स् रोहीम धाउभढेल,मोष्ट डिसिप्लेन मानध्वोज गुरुङ, बेष्ट नेसनल एण्ड इन्टरनेशनल ड्रेस कम्बो निराजन श्रेष्ठ, मोष्टपपुलर आषिस रोनियार ,पब्लीक च्वाईस कृष्ण थापा, मोष्ट फोटा जेनिक निश्चल घले घोषित हुँदा महिला तर्फ बेष्ट पर्सनालीटी कुसुम बिष्ट, बेष्ट क्याटवाक निनाम हांग्मा राई, बेष्ट फिगर दिक्षा चौधरी ,मोष्ट डिसिप्लेन रुपा सुबेदी ,बेष्ट नेशनल एण्ड इन्टरनेशनल ड्रेस कम्बो एन्जल लामा, मोष्ट पपुलर युनिसा केसीले प्राप्त गरे ।

unnamed (3)

पुर्वमिस नेपाल उषा खड्गी ,नेपाली पहिलो फेशन फोटो ग्राफर राजभाई सुवाल, फेसन डिजाइनर विश्व गौतम, निर्देशक जिपी तिमल्सेना, अभिनेता, मोडल तथा पुर्व मिष्टर नेपाल आयुष्मान घिमिरे ,पुर्ब म्यान हन्ट तथा अभिनेता मोडल निर्जन थापा लगायतको निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी रोजित शाक्यले गरेका थिए ।

चर्चित गायक सुगम पोखरेल, बादल प्रसाई, डिआइडिका कृष्ण थापा, लेजेन्ट ग्रुपलगायतको आकर्षक सांगीतिक प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा पहिलो नेपाली मोडल प्रशान्त ताम्राकार, चलचित्र निर्देशक राजु गिरी ,अभिनेत्री सुभेच्छा थापा, पत्रकार ऋषि धमलालगायत थुप्रै चर्चित ब्यक्तित्वको उपस्थिती रहेको थियो ।

unnamed (4)

नेपाली मुलका युवायुवतीहरुको प्रतिभा पहिचान गरी अन्तराष्ट्रिय स्तरको मोडल उत्पादन गर्न कार्यक्रम सहायक सिद्ध हुने आयोजक नेक्ष्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । भक्तपुरमा रहेको सिर्जनसिल बालकल्याण केन्द्रलाई नगद तथा जिन्सी गरी पचास हजार रुपैयाँ बराबरको सहयोग समेत गरिएको कार्यक्रमको म्यानेजमेन्ट जिम्बेवारी नेक्ष्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डे र अध्यक्ष रबी धमलाले पुरा गरेका थिए । कार्यक्रममा स्टेज सजावट धुमधाम गरिएको थियो । स्टेज सजावटमा नगद पाँच लाख खर्च गरिएको आयोजकले जनाएको छ ।

unnamed (1)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...