Advertisement
SKIP THIS

कोरियाली बजारमा संघर्षरत महत


बाला राई

छाङवन – कोरियाको दक्षिणी भेगमा अवस्थित किम्हे सहरको दोङसाङदोङ, अरु ठाउँ भन्दा भिन्न झैं लाग्छ झट्ट हेर्दा । प्रायः जसो विदेशीहरुको चहलपहल देखिने यहाँका अधिकांश पसल अनि रेष्टुराँ विदेशी सामान तथा परिकारले सजिसजाउ छ । विशेषगरी शनिबार र आइतबार यहाँका गल्ली अनि बाटोहरुमा कोरियन भन्दा विदेशीहरुको आवतजावतले अरु नै मुलुकमा पुगेको भान हुन्छ पहिलो पटक पुग्ने जोकोहीलाई पनि ।
विशेषत दक्षिण एसियाका विभिन्न मुलुकहरुको रेष्टुराँ अनि एसियन मार्ट खोलिएको दोङसाङदोङको एउटा चोकबाट भित्र छिर्नसाथ देखिन्छ ‘दुर्गा इन्डियन नेपाली रेष्टुरेन्ट’ । दुई वर्षदेखि सञ्चालित किम्हेको उक्त रेष्टुराँ सोलस्थित दुर्गा रेष्टुराँकै शाखाको रुपमा मधुसुदन महतले संचालनमा ल्याएका हुन् ।
एनआरएन क्षेत्रिय कमिटि दक्षिण कोरियाका अध्यक्ष समेत रहेका महत सन् २००८ मा वैदेशिक रोजगार प्रणाली (इपिएस) बाट कोरिया आएका थिए । काम गर्दागर्दै कोरियामा बसेर व्यापार व्यवसाय गर्ने सोच बनाएका महत भिषा अवधि सकिए पछि नेपाल फर्के । त्यसपछि लगत्तै २०१२ मा विजिनेस भिसामा कोरिया आएका उनले दक्षिण कोरियाका राजधानी सोलमा संचालित दुर्गा रेष्टुराँका संचालक विनोद कुँवरसँगको पार्टनरसिपमा किम्हेमा शाखा विस्तार गरे ।
कोरिया आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढिरहेकोले पनि रेष्टुरेन्ट व्यवसाय फस्टिएको मधुसुदन बताउँछन् । भन्छन्, ‘मुख्य त इपिएसबाट आउने धेरै छन् । त्यसमाथि विहे गरेर आउने, व्यापार व्यवसाय वा विद्यार्थी भिषामा आएका नेपालीहरु पनि प्रसस्तै छन् । त्यसैले रेष्टुरेन्ट व्यवसाय घाटामा जाँदैन बरु राम्रोसँग चलाउन सके यसको बजार राम्रो छ ।’
किम्हेमा नमस्ते र दुर्गा दुईवटा नेपाली रेष्टुराँ भएपनि अझै एउटा रेष्टुराँ मजाले चल्ने महतको दावी छ । ‘यहाँ धेरै नेपाली भएकोले गर्दा पनि रेष्टुरेन्ट राम्रो चल्छ,’ महत सुनाउँछन् । एकजना नेपाली कुक र वेटरसहित महत आफैं खट्छन् काममा । शनिबार, आइतबार र अन्य सार्वजनिक विदाका दिन उनको रेष्टुराँ नेपालीहरुले भरिभराउ हुन्छ ।
नेपाली र इन्डियन स्वादका विभिन्न परिकार पस्कदै आएको रेष्टुराँमा नेपाली परिकारमा नेपाली  खाना सेट, मःमः, चाउमिन, चिकेन, नान तन्दुरी, सेललगायतका नेपाली खानाका परिकारहरु राखिएका छन् । नेपाली बाहेक बंगाली, पाकिस्तानी, श्रीलंकालीहरु समेत इन्डियन खाना खान आउने गरेको यहाँ अरु दिन कोरियनहरु पनि आउने गर्छन् ।
रेष्टुराँसँंगै ‘दुर्गा ग्लोवल मार्ट’ पनि चलाउदै आएका महतले मार्टमा नेपाली दाल, तरकारी, मसला, अचारलगायत एसियन खाद्यसामग्रीका साथमा यूकेको स्वीटर, कोरियाको सल अनि कम्बलहरु समेत बेच्न राखेका छन् । उनका अनुसार १८ देखि ३४ हजार वनसम्म पर्ने यूकेको सुइटर, ४० देखि ७० वन पर्ने कोरियाको ब्याङकेट र १० हजार वन मुल्य पर्ने कोरियन सलहरु समेत बिक्रीमा छन् ।
नुवाकोटबाट एसएलसी सकेर काठमाडौं झरेका महतले प्रमाणपत्र तह उतिर्ण गरेर बुढानिलकण्ठस्थित कृषि विकास बैंकमा सात वर्ष काम गरे । बैंकको जागिरबाट मात्र उनले सन्तुष्टि लिएनन् । देश पनि हेर्ने धन पनि कमाउने मोहले इपिएस उतिर्ण गरेर कोरिया आए । काम गर्दै कोरियाको नेपाली बजारलाई राम्ररी नियालेका महतले कम्पनीमा काम गर्नु भन्दा आफ्नै व्यापार व्यवसाय गर्न उचित ठाने । अनि, दोस्रो पटक व्यापार गर्ने सोचले कोरिया आए ।

 

‘विदेशमा व्यापार व्यवसाय गर्नु त्यति सजिलो छैन’, प्रवासी भूमिमा संघर्षरत महत अगाडि थप्छन्, ‘कोरिया सोचे जति सजिलो छैन । नेपालमा मासिक एकलाख भन्दा बढी कमाइ हुन्छ भनेर न्युजमा हेरिन्छ तर पैसा अनुसार काम पनि त्यस्तै गाह्रो हुने रहेछ ।’
उनी इपिएसबाट आउनेहरुलाई कोरियामा गाह्रो काम गर्न जाने हो भन्ने मनस्थिति बनाएर यहाँको परिस्थिति अनुसार काम बुझेर आउन सल्लाह दिन्छन् । मुख्य त भाषाकै कठिनाइले गर्दा काम गर्न गाह्रो हुने उनको भनाइ छ । भाषा नबुझदा कोरियनबाट गाली मात्र होइन कुटाइ नै खाएका महत भाषाको राम्रो ज्ञान लिएर मात्र आउन सल्लाह दिन्छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...