डाेल्मा शेर्पाकाे पहिलाे चरणकाे उपचार सम्पन्न , दोस्रो चरणको उपचारको लागि सहयोग अपिल


 

सोल – दाेलखाकी डाेल्मा शेर्पा ३ वर्ष अघि काेरियन नागरिकसंग विवाह गरि काेरिया आएकी थिईन | अाएकाे केही समय पश्चात काेरियन पति ट्याक्सि दुर्घटनामा परि मृत्यु भएपछि एक्लै बस्दै अाएकि थिईन्।
अघिल्लाे वर्ष स्वास्थमा एक्कासि समस्या देखिए पछि अस्पताल पुगेकी डाेल्मालाई बोनम्यारो राेग देखापरेकाे थियाे। पहिले राेग सामान्य नै भएकाेले उपचारमा खासै समस्या भएन तर केहि हप्ता अगाडी फेरी उक्त राेग देखा परेपछि डाेल्मा अस्पताल पुगेकी थिईन् । चिकित्सकका अनुसार यस पटक डाेल्माकाे केश जटिल भएकाे र बोन प्रत्याराेपण नै गर्नुपर्ने बताईएकाे छ।
याे उपचार ३ चरणमा हुने जानकारी गराईएकाे हुनेछ | पहिलाे चरणकाे उपचार ४ हप्ताकाे थियाे । ४ हप्ताकाे उपचारमा वाफत अस्पतालबाट ३७ लाख ३२ हजार वनकाे बिल पुगेको थियाे। प्रदेशी भुमिमा एक्लाे र अार्थिक अवस्थानाजुक भएकाेले उपचारार्थ लाग्ने खर्च नभए पछि नेपाली समुदाय माझ सहयोगको अपिल गरेकी थिईन्।
डाेल्मा अस्पतालमा भर्ना भएकाे दिनदेखि नै प्रत्यक्ष संपर्कमा रहेर सहयाेग गर्दै आईरहेका एनआरएन काेरियाका अध्यक्ष विनाेद कुवरले विरामीको स्थति जटिल भएकाे र बोन प्रत्याराेपण गर्ने सक्दाे प्रयासहरु भईरहेको जानकारी दिए |

 

पहिलाे चरणकाे उपचारको लागि “प्रवासमा हाम्राे एकता” ग्रुपबाट – १४ लाख वन , दोलखाली समाज द.कोरियावाट -६ लाख वन , एनआरएन कोरियावाट – ३ लाख वन नेपाल हाउसकाे खातामा जम्मा भएकाे :- ५,३६,००० वन र बाँकि रकम विभिन्न स्राेतबाट जुटाई विरामिलाई पहिलाे चरणकाे उपचार गराई अस्पतालबाट डिस्चार्ज गराईएकाे थियो |

उक्त रकमहरु उपलव्ध गराउनु हुने सबै संघ संस्थाका प्रतिनिधिहरु साथै सहयाेग गर्नुहुने सहयोगी मनहरुलाई एनआरएन काेरियाका अध्यक्ष विनाेद कुवरले मुरी -मुरी धन्यवाद दिदै अब केही हप्ता पश्चात् दाेस्राे चरणकाे उपचार सुरु हुने र दाेस्राे चरणकाे उपचार सकेपछि तेस्राे चरणमा बोन प्रत्याराेपण हुने हुदा उक्त उपचार निकै जटिल भएकाे र बिरामीको अार्थिक अवस्था एकदमै कमजाेर र दयनिय भएकाेले बिरामीको उपचारकाे लागि लाग्ने खर्च सम्पूर्ण काेरियाबासी नेपाली समुदायलाइ सहयोग लागि अपिल गरिएको छ |

 

 

 

सहयाेगकाे लागि :-

KEB bank

खाता नं- 630-009930-७७१

code no-५

नाम:- नेपाल हाउस

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख
  • मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३ मा ‘द एज् ब्यान्ड’को लाइभ साथमा ख्याति प्राप्त कलाकारहरू
  • पूर्व मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा जनप्रगतिशिल मञ्चको अधिवेशन हुँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...