हृदयविदारक हिरोसिमा आक्रमणको स्मरण


काठमाडौं-दोस्रो विश्वयुद्धको क्रममा जापानको हिरोसिमा आक्रमण भएको आज सत्तरी बर्ष पुरा भएको छ | जापानमा यो हृदयविदारक आक्रमण को स्मरण गरिएको छ |
 
सन् १९४५ को अगष्ट ६ का दिन जापानको हिरोसिमामा बम हमला भएको थियो । सो हमलामा परी दशौँ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त दिन भएको सो बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । उक्त दिनको विनाशको स्मरण गर्दै बिहीबार दशौँ हजार जापानी नागरिक हिरोसिमा नगरमा जम्मा भएका थिए ।
 
 
उनीहरुले यस दिनलाई एक दुःखद दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कल्पना पनि गरेका बताइएको छ ।
 
 
सन् १९४५ मा आजकै दिन बिहान ठीक ८.१५ बजे जापानको हिरोसिमामा नगरमा अमेरिकी युद्धक विमानले विनाशकारी बम खसालेको थियो । बिहानको समयमा जापानका दशौँ हजार नागरिक विद्यालयको प्रार्थनामा थिए, भने सर्वसाधारण नागरिक सामान्य जिवनका साथ कार्यालयका लागि तयारीमा थिए ।
 
 

हिरोसिमा आक्रमण पछिको दृश्य |-एजेन्सी

हिरोसिमा आक्रमण पछिको दृश्य |-एजेन्सी


सोही समयमा अकस्मात् खसालिएको बमको असरका कारण दशौँ हजार नागरिक मारिएका थिए । तर त्यसमा परी मारिएका नागरिकको यकिन तथ्याङ्क भने अझै पनि भेटिँदैन ।
 
हिरोसीमामा बम खसालिएको स्थानमा स्थापना गरिएको हिरोसिमा शान्ति सङ्ग्रहालयमा बिहीबार बिहान ८.१५ बजे एक विशेष प्रकारको घन्टा बजाइयो र त्यस समयमा सो स्थानमा उपस्थित नागरिकले मौन धारणा गरेका थिए ।
 
सो शान्ति सङ्ग्रहालयको परिसरमा रहेको पार्कमा बालबालिका, वृद्धवृद्धा, उक्त हमलाबाट बचेका नागरिकका साथै विश्वका करिब एक सय देशका प्रतिनिधि सो कार्यक्रममा सहभागी थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...