Advertisement
SKIP THIS

मनसरा चलचित्रको आयव्यय सार्वजनिक , चुम्लुङ कोरिया २ करोड ७३ लाख वन नाफामा


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले प्रदर्शन तथा वितरण गरेको मनसरा चलचित्रको आयव्यय सार्वजनिक गरेको छ। सिरिजङ्गा लिपि युनिकोड निर्माण सहयोगार्थ मनसरा चलचित्र गत महिना कोरिया भरी प्रदर्शन गरिएको थियो।

चुम्लुङ कोरियाले एक विज्ञप्ति जारी गर्दै चलचित्र प्रदर्शन र वितरणबाट २ करोड ७३ लाख ८४ हजार वन नाफा भएको जनाएको छ। ४ करोड ७५ लाख १९ हजार ५ सय ५५ कोरियन वन बराबरको कारोबार गरेकोमा २ करोड १ लाख ३५ हजार १ सय ७० कोरियन खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मनसरा चलचित्रबाट संकलित रकम सिरिजङ्गा लिपिको युनिकोड निर्माणार्थ प्राविधिक पक्षमा खर्च गरिने भएको छ। यथासिघ्र चुम्लुङ कोरिया , बुसान, जेजुदो, छल्लादो शखा चुम्लुङ र चुम्लुङ नेपालको एक संयुक्त समिति निर्माण गरेर युनिकोड निर्माणलाई मूर्तरुप दिइने चुम्लुङ कोरियाका अध्यक्ष दिर्ज काङ्भाले जानकारी दिएका छन्।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको चलचित्र मनसरा दक्षिण कोरियाको बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको थियो । दक्षिण कोरियाको सौल, जेजु, जिन्जु र बुसान लगायतका सहरहरुमा चुम्लुङ्ले प्रदर्शन गरिनुका साथै अन्य केही शहरहरूमा सकृय संस्थाहरूलाई प्रदर्शनको लागि अधिकार दिइएको थियो।

व्यस्तताका बाबजुत पनि चलचित्रलाई सफल बनाइ दिएको प्रति चुम्लुङ कोरियाले आभार व्यक्त गरेको छ। साथै सहयोगी व्यक्ति तथा संघ/संस्थाहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...