Advertisement
SKIP THIS

नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने


“२५६८ औं बुद्धजयन्ती” को अवसरमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजना र नेपाल बौद्ध परिवार, एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले सहआयोजनामा परेड र बृहत सांस्कृतिक कार्यक्रम मे १९ तारिख जोगेसामा मनाउने भएको छ ।

उक्त कार्यक्रम परेड (र्याली)मा नेपालको झण्डा, बुद्ध प्रतिमा, सगरमाथाको पोष्टर पम्पेल्ट, राष्ट्रिय पोषक, बाजागाजा, नृत्य गायन लगायतका विविध सांस्कृतिक प्रस्तुती, बुद्ध प्रवचन गरि मनाउने भएकोले कोरियावासी नेपाली समुदाय र कोरियाली बौद्ध धर्म अनुयायीहरूमा सहभागिताका लागि सउल नेपाल गुम्बाका संस्थापक तथा लामा प्रमुख कुन्साङ दोर्जे लामाले अनुरोध गरेका छन् ।
गत शनिवार जुम भर्च्युअलमा बसेको छलफलका क्रममा नेपाली राजदुतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टाराईले विश्वमा नेपालीलाई सगरमाथा र शान्तिका अग्रदुत भगवान बुद्धको जन्मभूमि नेपाल भनेर चिनिने बताए । उहाँले हामीले प्रवासमा हाम्रो कला र संस्कृती साटासाट गरेर देशको पर्यटन क्षेत्रमा सघाउन यस्ता कार्यक्रमहरूको अहम भूमिका खेल्ने हुदाँ कार्यक्रम सफल बनाउन सबैले हातोमालो गर्नुपर्ने समेत बताए ।
विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्म कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । विश्व शान्तिका अग्रदूत भगवान बुद्ध र सर्वोच्च शिखर सगरमाथा विश्वसामु हामी नेपालीको चिनारी (पहिचान) हो । उक्त महान तिथिलाई नेपाली समुदाय तथा बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्ध जयन्तीका रूपमा मनाउन जरूरी छ ।
किम्हे बुसानमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजनामा त्यहाँ क्रियाशील जनजाती महासघं लगायतका विभिन्न सघं-संस्थाहरूको व्यवस्थपनमा मे २६ तारिख विविध कार्यक्रमहरू गरि मनाउने नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाका अध्यक्ष सोम योन्जन तामाङले बताए ।
त्यस्तैगरी युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली २०२४ मे ११ मा हुदैछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...