Advertisement
SKIP THIS

मोडलिङमा जम्दै एलिसा


दक्षिण कोरिया – पछिल्लो समय दक्षिण कोरियामा छायांकन गरिएको म्युजिक भिडियोले नेपाली सांगीतिक क्षेत्रमा चर्चा पाएको छ । जसले गर्दा कोरियामा रहेका नेपाली युवाहरुले समेत आफ्नो प्रतिभा प्रदर्शन गर्ने राम्रो मौका पाएका छन् । कोरियामा कामको व्यस्ततासँंगै नेपाली गीतसंगीत र मोडलिङमा आफ्नो करिअर बनाउदै आएका प्रतिभाशाली युवाहरुमध्ये एक हुन् एलिसा सिंह ।
विगत लामो समयदेखि कोरियामा रहेर नेपाली म्युजिक भिडियोमा अभिनय गर्दै आएकी एलिसा रहरै रहरमा मोडलिङमा लागेपनि अब भने ब्यवसायिक रुपमै अगाडि बढने बताउँछिन् । भन्छिन्, ‘मोडलिङ मेरो पेशा होइन रहर हो । तर भविष्यमा यसैलाई अगाडि बढाउने सोच छ ।’
रामकृष्ण ढकाल, राजेशपायल राई, अन्जु पन्त, रजिना रिमाललगायतका चर्चित गायकगायिकाहरुको स्वरमा अभिनय गरिसकेकी एलिसाले एकदर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । हप्तामा एउटा म्युजिक भिडियो बनाउदै आएकी एलिसा अभिनयसँंगै म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी पनि आफैं गर्छिन् । ‘अभिनय त केही समयसम्म मात्र हो त्यसैले डाइरेक्सनमै बढी जोड दिन्छु,’ उनी भविष्यको योजना सुनाउँछिन् । कोरियामा छायांकन गरिएको उनका अधिकांश म्युजिक भिडियो रिलिज हुने तयारीमा छन् ।

 

alisha sing2

सन् २०१० मा वैदेशिक रोजगार प्रणाली (इपिएस) बाट कोरिया आएकी एलिसा छुट्टीमा नेपाल गएको बेला निर्मला गिरीको शब्द र कल्पना थापाको स्वर रहेको  ‘आजभोली किन किन रुन्छ मन खाली यो संसारमा सबैभन्दा माया रैछ जाली’  बोलको आधुनिक गीतमा अभिनय गर्ने मौका पाइन् । उक्त म्युजिक भिडियो पछि अरु धेरै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाएकी एलिसा भन्छिन्, ‘ अहिले त नेपालबाटै कलाकारहरुले फोनबाट म्युजिक भिडियो बनाइदिनु भनेर अफर गर्छन् । ’
कोरियाको क्यामरादेखि सबै प्रविधि नै राम्रो र गुणस्तरीय भएकोले पनि कोरियामा छायांकन गरिएका म्युजिक भिडियो राम्रो हुने उनको दावी छ । उनका अनुसार कोरियाको गगनचुम्बी भवन, समुद्र र अन्य सुन्दर पार्क, सफा बाटोघाटो र सुविधासम्पन्न सहरको दृश्यले पनि म्युजिक भिडियोलाई थप आर्कषक बनाउने भएकोले पनि कोरियामा छायांकन गर्ने क्रम बढेको हो ।
काठमाडौको आरआर क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक स्याङजाकी एलिसाले मोडलिङमा लाग्ने सोचेकी समेत थिइनन् । यद्यपि सानैदेखि नाच्न गाउनमा भने उनलाई औधी रुचि । कोरियन चलचित्र र टेलिसिरियलमा देखिने कोरियाली जीवनशैलीबाट प्रभावित एलिसाले कोरियन भाषा सिकेर इपिएस उतिर्ण गरेर कोरिया आइन् । ‘म बाध्यताले भन्दा पनि रहरले कोरिया आएकी हुँ’, उनी कोरिया आउनुको कारण खोल्छिन् । ‘तर, सोचे जस्तो सजिलो कहाँ रहेछ र कोरिया । टिभीमा अग्लाअग्ला अपार्टमेन्टमा मिनिस्कर्ट लगाएर काम गरेको देखेको यहाँ त सिधै भिनिल हाउसमा काम गर्न पठाउदा तीनचार महिना त रोइयो नि’, उनी त्यो क्षण कहिल्यै भुल्दिनन् ।

aaa
सुरुमा धेरै गाह्रो भएपनि उनले यहाँ धेरै कुरा सिक्ने र बुझने मौका पाइन् । ‘मुख्य त समयको महत्व र श्रम गर्न सिकें ।’ धेरै पढनेले सानोतिनो काम गर्नुहुन्न भन्ने नेपालीको मनस्थिति भएकै कारण अधिकांश युवाहरु विदेशिने गरेको यथार्थसँग उनी पनि परिचित छिन् । भन्छिन्, ‘किनभने हाम्रो शिक्षाले श्रम गर्नुपर्छ भन्ने सिकाउदैन । के, पढने मान्छेले हलो जोत्नु हुन्न र ?’
कोरिया आउन चाहनेलाई उनी म श्रम गर्न जाने हो जस्तोसुकै गाह्रो काम पनि गर्न सक्छु भन्ने मनस्थिति बनाएर आउन सल्लाह दिन्छिन् । म कामदार होइन दक्ष जनशक्ति हुँ भन्ने सोच लिएर काम गरेमा गाह्रो नहुने उनको बुझाइ छ । कोरियामा सिकेको सिप र ज्ञानलाई नेपाल फर्केपछि त्यहि क्षेत्रमा लगाउन सके नेपालको विकाश हुन समय नलाग्ने उनको जिकिर छ । ‘तर विडम्वना हामी जति कुरा गर्छौं व्यवहारमा उर्तादैनौ’, उनी भन्छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...