दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती (फोटो फिचर)
दक्षिण कोरियामा रहेका मगरहरुले मगर माघे संक्रान्ती मनाएको छ । “मगर माघे संक्रान्ती विशेष कार्यक्रम-२०२४०” आईतवार (१४ जनवरी) थेगु स्थित माइल गार्डेन हलमा भएको थियो । नेपाल मगर संघ दक्षिण कोरिया, थेगु शाखाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रीय समिति लगायत सबै शाखाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन भएको हो ।
नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको साथमा विविध साँस्कृतिक कार्यक्रम सहित दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
चिसो मौसम तथा व्यस्त समयको बावजुद पनि उपस्थिति भएका प्रमुख अतिथिज्, विशिष्ट अतिथिहरु, विशेष अतिथिहरु, कार्यक्रम संयोज लगायत सम्पूर्ण अतिथिहरुलाई मगर संघ दक्षिण कोरियाले धन्यवाद व्यक्त गरेको छ । साथै यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्न अहोरात्र खटिने मुख्य व्यवस्थापक थेगु शाखालाई विशेष धन्यवाद प्रकट गर्दै नेपालबाट आएका अतिथि कलाकार तथा कार्यक्रम प्रस्तोता लगायत प्रत्यक्ष/परोक्ष रुपमा सहयोग पुऱ्याउनने सम्पूर्ण मगर तथा गैर मगर दाजुभाइ दिदीबहिनीहरुलाई आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा सहित हार्दिक अभार प्रकट गरेको छ ।
फोटोमा हेर्नुहोस् (फोटो श्रोत – सामाजिक संजाल)