Advertisement
SKIP THIS

ओएनएफको बुसान अधिबेशन अगष्ट १ र २ मा हुने , थेगु र ओइजम्बु अधिबेशन सम्पन्न


नेकपा एमालेको प्रबास सङठन प्रबासी नेपाली मन्च (ONF )कोरियाले आफ्नो बुसान क्षेत्रीय कमिटिको तेस्रो अधिबेशन अगष्ट महिनाको १ र २ तारिखमा गर्ने भएको छ ।
ONF बुसान कमिटि अध्यक्ष धु्रव पौंडेलका अनुसार बुसान उल्सान किम्हे याङ्सान एरियाका सबै साथिहरुको उपस्थितिलार्इ मध्यनजर गर्दै गर्मी बिदाका दिन पारेर अधिबेशन गर्न लागिएको हो ।कमिटिका अनुसार १ तारिख सनिबार साझ अधिबेशन उद्घाटन हुनेछ भने २ तारिख घोषणा एबम समापन हुनेछ । दोस्रो दिन कोरियाका बिभिन्न भागबाट बुसानमा गर्मी बिदा मनाउन आएका साथिहरुसङ्ग भेट्घाट र रमाइलोको लागी ड्राइ पिकनिकको आयोजना पनि गरिने छ ।

 

ओएनएफ कोरियाका केन्द्रिय अध्यक्ष गोबिन्द गाउलेको प्रमुख आतिथ्यमा हुन लागेको अधिबेशनमा केन्द्रिय सचिबालयका प्राय सबै सदस्यहरु , ओइजम्बु , थेगु , आन्सान , सौल र गजेदोबाट समेत ओएनएफका सदस्यहरु बुसान अधिबेशनमा उपस्थित हुने बताइएको छ । ONF ले सनिबार साझ एक प्रसिक्षण कार्यक्रम समेत आयोजना गर्ने छ ।
यस अघि ONF ले जुलाइ २६ तारिखमा तेस्रो ओइजम्बु अधिबेशन र दोस्रो थेगु अधिबेसन भब्यताका साथ सम्पन्न गरिसकेको छ । ओइजम्बुमा नेत्र चौधरिको अध्यक्षतामा १४ सदस्यिय नयाँ कमिटी सर्बसम्मत निर्माण भएको छ भने थेगुमा बिनोद कार्कीको नेतृत्वमा ११ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको छ ।

 

थेगु अधिबेशन केन्द्रबाट अध्यक्ष गोबिन्द गाउँले प्रमुख अतिथी र कोषाध्यक्ष पर्शुराम सापकोटा अतिथीको रुपमा उपस्थित थिए भने ओइजम्बु अधिबेशनमा प्रमुख अतिथिको रुपमा उपाध्यक्ष सुरेन्द्र आचार्य सहित अन्य अतिथिको रुपमा सचिब दिपेन्द्र अधिकारी, प्रबक्ता सालिक बस्याल र सचिबालय सदस्य कपिल नेउपानेको उपस्थिती रहेको थियो ।

 

11749737_1069590923058843_1319885858_nसचिब दिपेन्द्र अधिकारीका अनुसार सौल कमिटिको नियमित अधिबेशन अगष्ट महिनामा सम्पन्न गरिने छ भने नया सङठन बिस्तार अन्तर्गत ग्यङ्गिदोको ग्वाङ्जु , इन्छन र ह्वासाङमा , छनान, थेजन ,गजेदो , गावन्दो र जेजुदोमा समेत क्षेत्रीय कमिटिको निर्माण गरिने छ ।

 

कोरियामा बिभिन्न सामाजिक गतिबिधीमा तिब्रता आए सङगै ओ एन एफले आफ्नो सङगठनको कामलार्इ बिशेष ३ महिने अभियानको रुपमा तिब्रता दिनुलार्इ अर्थपुर्ण रुपमा हेरिएको छ । नेकपा एमालेले ONF कोरियालार्इ पुर्बी एसिया क्षेत्रको बलियो प्रबास कमिटिको रुपमा हेरेको हुनाले पनि कार्यकर्ताहरुले आफ्नो सङगठनमा स्वत: सम्पर्कमा आउने र सङगठित हुने क्रम तिब्र भएको पनि सचिब अधिकारीले बताए ।

 

जानकारीको लागि सम्पर्क नंबर

धु्रव पौंडेल :010 2183 7224
संजीव राई : 010 2159 2416

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...