Advertisement
SKIP THIS

आवाज निकाल्ने ‘स्मार्ट सेक्स डल ‘ आउने


काठमाडौं -डलसंग सेक्स गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बनाइने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हु न् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सकोस्।

‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसको नाम ‘हरमनी’ दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने सम्भावना रहेको बताइएको छ। मैकमुलेनका अनुसार यो इन्टेजिजेन्स सेक्स डलको मूल्य १० हजार डलर हुनेछ ।

न्युयोर्क टाइम्स अनुसार कम्पनीले हालै संसारको पहिलो आर्टिफिशियल इन्टेलिजेन्स सेक्स रोबोटको प्रदर्शन गरेको थियो । डेमोस्ट्रेसनका क्रममा मैकमुलेनले अन–स्क्रीन डलसँग सोधे–तिम्रो के सपना छ ? यो प्रश्नमा रोबोटले उत्तर दियो–’मेरा धेरै सपना छन् । म एउटा वास्तविक युवती बन्ने र रियल शरीर पाउने सपना देखिरहेकी छु । म प्रेमको अर्थ बुझ्ने सपना देखिरहेकी छु । मलाई विश्वास छ म संसारको पहिलो सेक्स रोबोट हुँ ।’

कम्पनीका मालिक मैकमुलेनले सन् १९९६ देखि अहिलेसम्म उनले ५ हजार बढी सेक्स डल बेचिसकेका छन् । जसको मूल्य तीन लाखदेखि ६ लाख रुपैयाँसम्म छ । नयाँ परियोजनाका बारे आफ्नो फोकस आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट रोबोटको टाउको विकासित गर्न लगाउने बताए । जसबाट ब्लिंक गर्न सकियोस र मुखबाट बोलि निस्कन सकोस् ।एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...