नेपालको राजनीति, कर्मचारी र देशको भविष्य
देश, समाज आफैंमा गलत पक्कै हुदैनन् । भगवान बुद्धको जन्मभूमि र विश्वको शीर सगरमाथाको देश नेपाल के सुन्दर र शान्त नेपाल भनेर नारामा मात्र सिमीत रहने हो ? साच्चै कहिले बन्ला त मेरो सुन्दर देश नेपाल !
देशको न्याय प्रणाली तथा न्याय सम्पादनमा रहेका प्रशासनमा असल कर्मचारीको खडेरी र कानून् उल्लाङघन् गर्ने अपराधीलाई राजनितीक दलले संरक्षण गर्नाले देशले सकारात्मक विकासको गति लिन सकिरहेको छैन ।
आफ्नो स्वार्थपूर्ति गर्न देशका धमिराहरू समुदायबीच सामाजिक बिखण्डन गर्दैं खुलेआम हिडिरहेका छन् । विविध नाम उद्धेश्य राखेर राजनीतिक, धार्मिक तथा कर्मचारी संघ संस्थाहरूको बिस्तार गर्नेको जमात ठुलो छ । जसले काम गरेर भन्दा काम नगरी सुविधा उपयोग गरेर देशलाई अध्याँरोतिर धकेलिरहेको छ ।
आफू जसरी पनि शक्ति र नेतृत्वमा निरन्तर बसिरहन देश र जनताको बिपक्षमा काम गर्न राजनीतिक तथा स्वार्थ समूह् तयार हुदाँ अहिलेको स्थिति सिर्जना हुन पुगेको हो भन्दा फरक नपर्ला ।
अर्थशास्त्रको नियमले उत्पादन, उपभोक्ता र पूजीँको समानान्तर सन्तुलित हुनुपर्छ । देशको उत्पादनमा कमी, बजार मूल्य अनियन्त्रित र रोजगारको शुन्य अवसरले आर्थिक रूपमा पछि पर्दै गएको सामान्य परिवारको दैनिक जिवनयापनमा कठिन हुदाँ युवाशक्तिः बिध्यार्थी, शिक्षक, डाक्टर, प्रोफेसर, ईन्जिनियर सबै आर्थिक आर्जन गर्न विदेशीन बाध्य छन् । नेपाली नगएको देश सायद कमै होला। रोजगारीको लागि खाँडी मुलुकदेखि कोरिया, जापान, मलेशिया मात्र होइन यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडालगायतका अधिकांश मुलुकमा लाखौं लाख नेपाली युवाहरु पुगेका छन् । जसले गर्दा नेपालमा केही गर्ने उर्जाशिल युवा शक्तिहरुको कमी हुँदै गएको छ । देश बनाउने युवाहरु नै विदेशिए पछि देशको भविष्य के होला? देश कहिले बन्ला? नीति निमार्णमा बस्नेहरुले सोच्नु पर्ने हो। देश चलाउने नाइकेहरुले स्वदेशमै रोजगारीको सिर्जना गराएर विदेशिने युवा जनशक्तिलाई कम गर्न सक्ने वातावरणको सिर्जना गरे देशले विकासको गति लिन समय लाग्दैन । जस्को लागि सर्वप्रथम कर्मचारीतन्त्रमा व्यापक फेरबदल ल्याउन जरूरी छ । एउटा कर्मचारीको आर्थिक, भाषिक, धार्मिक, लैङ्गिक, सांस्कृतिक तथा राजनितीक आस्था राख्न पाउने अधिकार कानूनले प्रत्यभूत गरेको छ । त्यसो भन्दैमा काम नगर्ने, लोभ लालच, प्रतिसोध, आग्रह पूर्वग्रही राख्ने कर्मचारीलाई छुट हुनुहुदैंन । एउटा अउपभोक्ताको चाप हेरर संङ्ख्या निर्धारण गरौं । कार्यलय प्रमुख, प्रशासकिय अधिकृत, सचिव, चौकीदर र माथिका तहको सबै सहयोगी आफ्नो मान्छे भर्ति कारखाना खोलेर देशको बिकास खोज्ने हामी जानता महामूर्ख हौं । देश योजनाबध्द सबै क्षेत्रका सम्बन्धित दक्ष जनशक्ति निर्माण गरेर आवश्यक काम गर्न सकिन्छ ।
हामी सबैको समग्र क्षेत्रमा गुण र अवगुण अवश्य छन् त्यसमाथि पनि कुनै न कुनै प्रकृतिको समस्यामा हामी कुनै समय परिन्छ । कतिपय घटनाले अकाल्पनिक आकार र नतिजामा पुग्छौं । जोकोहीले साच्चीकै जुनसुकै समस्याको समाधानतर्फ उन्मूख हुन खोज्छ भने समाधान हुन सहज हुन्छ । कस-कसको के कति गल्ती, कमीकमजोरी छ खोतलेर समाधान गर्नेतिर लाग्नुपर्छ । दुई पक्षीय समस्या हो भने आफ्नो स्वयम, देस्रो पक्षको गल्ती पहिचान गरेर अघि बढ्ने वा सामूहिक छलफलबाट पनि समाधान गर्न सकिन्छ । फेरी यस्तो गल्ती जानाजान नगर्ने गल्तीको प्रयश्चित गरेर अघि बढ्न सकिन्छ । अरूलाई पर्दा कुईने ठोक्काउने, आफूलाइ पर्दा आकाश झरेर थिचे जस्तै धर्ती भासिएर झै सोच्ने गर्ने गर्नु हुदैंन ।
अरूले राम्रो गर्छ, भन्छ, दिन्छ वा नराम्रो गर्छ, भन्छ, दिन्छ भनेर उत्साहित वा निरास भएर बस्यो भने हामीले सहज रूपमा आफ्नो आवश्यकता पूर्ति गर्न सकिदैन् । गाँस, बास र कपासका लागि संघर्ष गर्न सिकौं जुन अनिवार्य छ । हाम्रो समाजमा राम्रो गर्यो भनेर थप उर्जा दिनेहरू औलामा गन्न सकिने हुन्छन् । अरुको प्रगतीमा डाह गर्ने र खुट्टा तान्ने प्रवृतिलाई रोकेर हौसला र उत्साह दिने प्रयास गरौं ।
देशमा दिनदहाडै हुने हत्या, बलत्कार, लुटपट गर्नु कानून त अपराध हो तर किन तिनीहरुलाई सजय दिलाउन सकिरहेको छैन सरकारले ? निर्मला पन्तहरुले न्याय पाउनुपर्दैन ? कहिलेसम्म दिदीबहिनीहरु आफ्नै मुलुकमा असुरक्षित भएर हिड्ने? भेदभाव, जातीय मुद्दा र छुवाछुतलाई कानूनले परिभाषित गरेता पनि अझै व्यवहार र सोचमा परिवर्तन हुन, गराउन सकिरहेको छैन । हामीले यो बोल्दैनौं, यो खाँदैनौं, हाम्रो धर्म यो हो, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तिमीहरूले मान्नुपर्छ भन्ने कानूनले व्यवस्था गरेको छ । होइन भने सम्प्रदायिक रूपमा गलत अभिव्यक्ति दिने अधिवक्तालाई कारबाही खोई ? नेपालको संविधानले धर्म निरपेक्ष मुलुक घोषणा गरिसक्दा पनि अझै एउटै धर्मलाई जबरजस्ती लाद्न खोज्ने अरुको साँस्कृतिक मान्यता, धार्मिक आस्थालाई दख्खल दिन खोज्ने प्रवृत्तिको अन्त हुन सकेको छैन। गोरू काटेर खाएको आरोपमा कानूनको फान्दामा कहिलेसम्म रूमलिरहनु पर्ने ? समाजिक मूल्य मान्यतालाई सरकारले एकपटक पूनर्वालोकन गर्ने ल्याकत राख्नुपर्ला । सत्य तथ्य र प्रमाणका आधारमा समय सपेक्षा देशको व्यवस्था कानून संशोधन आवश्यक भएमा त्यो पनि गर्नु पर्छ।
अरु त के कुरा गर्नु, यहाँ आर्थिक सहयोग, सरसापट, सहयोग गरिदिन, विविध अभियानमा जोडिन आग्रह गर्ने संघ-संस्था, व्यक्ति महानुभावले अरू बेला समस्या, अप्ठ्यारो सोध्नु त टाढाको कुरा हो, आफ्नो स्वार्थ पुरा भए पछि सञ्चै छौं? भनेर समेत मेसेज गर्दैन । वास्तवमै शारिरिक, मनासिक रूपमा अशक्तहरूप्रति आफूले सकेको दान, सेवा गर्नु, गर्न पाउनु मानव धर्म हो । आस्था जुन धर्ममा भए तपनि आफुले गर्ने हरेक व्यवहारले असल कर्म र भावनामा साथ सहयोग होस् ताकी दुःख, चोट नपुगोस् ।
श्रमिकले परिभाषित हुन आफ्नो यूवा जोश, निन्द्रा, दिनरातको समय, परिवार, आफन्तसंग सामिप्यता, बिरामी हुदाँ प्रशस्त आरामबाट बन्चित हुनुपर्छ । सरकारले रेमिट्यान्स मात्र गरेर देशमा हामीलाई पालिदेउ । छुट्टीमा आउदाँ घर परिवारलाई केही उपहार ल्याउन मिल्दैन । सामाजिक सुरक्षा कार्यक्रम बनाएको छ, मासिक, वार्षिक रूपमा निरन्तर पैसा बुझाउन नियम बनाएकै छ बुझाउनु भन्छ ।
आफुले आफैंलाई सामाजिक अभियन्ता देखाउन विरामी, नाजुक आर्थिक स्थिती, यो त्यो बनाउने बहानाले अभियानको नाममा देश तथा विदेशमा पसिनासंग आफ्नो सपना साटिरहेको श्रमिकलाई नैतिक, आर्थिक रूपमा दबाद दिएर चलाउने सहयोग अभियान भएपनि बन्द नगरी अझ दोब्बर गरौं । मेरो पनि त रगत मासुको शरिर हो कुनैदिन समस्या पर्नसक्छ । कोसिस गर्दा गर्दै सबैमा सफल भईन्छ भन्ने हुदैंन तर कहाँ, कतिसम्म आफूले पनि जिम्मेवारी पूरा गर्नुपर्छ अवाश्यक संलग्नता चाहिँ रहनुपर्छ ।
सत्कर्म गरौं । असल कर्मचारी बनौं, त्यो नसके खराब पनि नहुनु । गतल प्रबृत्तीका कर्मचारी सेवाग्राहीको निवेदनमा कार्यस्थलमै निलम्बनदेखि सुध्रिने मौकासहित कारबाही गर्ने व्यवस्थाको निर्माण गर्नुपर्छ । जोकोहीलाई आरोप लाग्दैमा अपराधी मान्ने हाम्रो स्वाभावमा पनि सुध्रिनु अवाश्यक छ ।
हामीले समाजका गलत पात्र र प्रबृत्तीको बिरोध गर्न सक्नुपर्छ । आफुले देखेका, भोग्नु परेका समस्याको समाधान गर्नतर्फ लागौं । सकारात्मक परिवर्तनका निम्ति २१ औं शताब्दीको वैज्ञानिक आविस्कार सिसि क्यामेरा, सामाजिक सञ्जाल, विभिन्न साईटको सदुपयोग गर्दै समर्थन र गलत परिपाटीको निगरानी गरौं । त्यसबाट शिक्षा र मनोरन्जनसाथ आफ्नो अमूल्य समयको लगानी गरौं । विगत र वर्तमान नेतृत्वलाई सकारात्मक कदमको साथ र गलत प्रबृत्तीको बिरूद्ध आवाज उठाएर काम गरिएमा एक दुई दशकमै देशले आमूल परिवर्तनसहित विकास गर्न सक्थ्यो की?