Advertisement
SKIP THIS

नेपाल मगर संघ कोरियाको जेजु शाखा स्थापना, अध्यक्षमा दिल बहादुर मगर


नेपाल मगर संघ गणतन्त्र कोरिया जेजु शाखाको स्थापना भएको छ । २६ अगष्ट शनिबार जेजुमा भएको प्रथम अधिवेशनबाट दिल बहादुर मगरको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।  

नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रकोअध्यक्ष तुल घर्तीमगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मगर संघ थेगु शाखाका अध्यक्ष खडक घर्ति मगर र किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामि मगर विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । साथै जेजुमा रहेका संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेका थिए ।  

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण घर्ती मगर रहेको छ भने उपाध्यक्षहरुमा शम्भु थापा मगर र झरना पुन रहेका छन् । महासचिवमा तुल बहादुर मगर, सचीवहरूमा रबिन्द्र मग र रमेश राना मगर, कोषाध्यक्षमा माया रजन मगर र सहकोषाध्यक्षमा रमेश छन्त्याल मगर रहेका छन्  । सदस्यहरुमा भने दिपा लामिछाने मगर, कुमार पुन मगर, कलम पुन मगर, बिजय आले मगर, दिवस आले मगर, भक्तवीर थापा मगर, दिपेश थापा मगर, सुरज थापा मगर, भरत सारु मगर, रबिन्द्र बहादुर पुन मगर र डम्वर थापा मगर रहेका छन् ।  

नेपाल मगर संघ गणतन्त्र कोरियाको यो चौथो शाखा हो ।  यस अगि थेगु, किम्हे बुसान र गजेदो शाखाको स्थापना भैसकेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...