दक्षिण कोरियामा २९ औं तामाङ प्रसारण दिवस विशेष कार्यक्रम सम्पन्न


तामाङ पत्रकार संघ दक्षिण कोरियाले २९ औं तामाङ प्रसारण दिवसका अवसरमा ‘अनुभव बोलाबा थेन ज्याबाम्हान्बा फूल्बा गेताङ’ अनुभव तथा शुभकामना आदानप्रदान गर्दै शनिबार जूम भर्च्युअलमार्फत  मनाएको छ ।

वि.सं. २०५१ साल भदौ १ गते बिधुतीय सञ्चारमाध्याम रेडियो नेपालमा तामाङ भाषाबाट तामाङ तामसोर (समाचार) प्रसारण भएको ऐतिहासिक दिनलाई वि.सं. २०६१ सालमा तामाङ समुदायको सञ्चारकर्मीहरूले स्थापना गरेको तामाङ सञ्चार समूह अहिलेको तामाङ पत्रकार संघले तामाङ प्रसारण दिवसका रूपमा मनाउन थालिएको हो ।

तामाङ पत्रकार संघ, संघीय कार्यसमिति नेपालको अध्यक्ष सुबास योन्जन, प्रमुख वक्ता, सञ्चारकर्मी रमिता बल तामाङ, तामाङ पत्रकार संघ, बाग्मती प्रदेशको अध्यक्ष अर्जुन पाख्रीन, एनआरएनए दक्षिण कोरियाकी बरिष्ट उपाध्यक्ष पार्वती मोक्तान, नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) दक्षिण कोरियाको बरिष्ट उपाध्यक्ष शुभराज बोम्जन, नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रीय सउलको उपाध्यक्ष बिबि स्याङतान, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको अध्यक्ष गोकुल थोकर, तामाङ पत्रकार संघ, संघीय कार्यसमितिको उपाध्यक्ष प्रवास विभागको प्रमुख नेत्र तामाङ, नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसान बुसानको अध्यक्ष सोम योन्जन तामाङ, थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाका प्रमुख लामा कुन्साङ दोर्जे लामा, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको निवर्तमान अध्यक्ष रवि लामा योञ्जन, काभ्रे सम्पर्क समितिको निवर्तमान अध्यक्ष सानु लामा लगायत उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

तामाङ पत्रकारको सङ्ख्यात्मक रूपमा बृध्दि भएपनि गुणस्तरीय अझै नदेखिएको र पत्रकारहरूले त्यता ध्यान दिनुपर्ने नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको अध्यक्ष गोकुल थोकर कार्यक्रममा उठान् गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता बरिष्ठ पत्रकार समाचार बाचिका रमिता लामा बलको अनुभव प्रस्तुत गर्ने क्रममा सामाचार प्रसारण भएको बेलाको तामाङ समुदाय विषयबस्तु सञ्चारकर्मीहरूको अवस्था र अहिले स्थिती राम्रो देखिए तपनि हाम्रो आफ्नो समुदायको मिडियाहाउस छैन । समुदायले सञ्चालन गरिएकोमा पनि तामाङ भाषाको समाचार प्रसारण गर्न सकिरहेको छैन । तामाङ भाषामा तामाङ समाचार बाचन गरिरहेको २९ बर्ष पुगिरहदाँ खुशी लाग्छ, अब सबैजना मिलेर भाषिक रूपमा एकरूपता गर्न सकेमा राम्रो हुनेछ, त्यो गर्न जरूरी रहेको समेत बरिष्ठ पत्रकार लामाको जानकारी दिइन ।

हामीले हाम्रो समुदाय, संघ-संस्था र पत्रकारहरूको स्तर उन्नतीका लागि आफूले सकेको आर्थिक, भौतिक र नैतिक सहयोग गरि सबैले अगाडी बढ्न जरूरी रहेको साथै २९ औं तामाङ प्रसारण दिवसको शुभकामना दिदैं कार्यक्रमका प्रमुख अथिती तामाङ पत्रकार संघ, संघीय कार्यसमिति नेपालको अध्यक्ष सुबास योन्जनले बताए ।

देशको ठूला भनिएका राष्ट्रिय मिडियाले हाम्रो मुद्दा उठाउनै चाहदैन, बरू हाम्रो समुदायको गलत विषयको मात्र प्रचारप्रसारमा लालायित देखिन्छ । त्यसैले पनि पत्रकार, संघसंस्था सबैले आफ्नो समुदायको भाषा, धर्म संस्कार संस्कृतीको संरक्षण गर्न जरूरी छ, प्रवासमा रहेका संघ-संस्थाहरू सकारात्मक तवरले अघि बढेमा धेरै हद सम्म परिवर्तन हुने देखिने भन्दै उक्त कार्यक्रमका सभाध्यक्ष तामाङ पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष अमिर योन्जनले मन्तव्य राखेर कार्यक्रम समापन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...