Advertisement
SKIP THIS

विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे


सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार ‘केपप कन्सर्ट’ भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ ।

राजधानी सोलदेखि २ सय ६० किलोमिटर दक्षिणको छल्लाबुक्दो सेमानगुममा अगष्ट १ मा कोरियाली राष्ट्रपति युन सुक यलले भव्य समारोहका विचमा कार्यक्रमको उद्घाटन गरे । अध्याधिक गर्मी हुने समयमा कार्यक्रम भएपछि गर्मीका कारण धेरै सहभागीहरु विरामी परे । क्याम्प गरिएको ठाउँमा बाढी आयो । शौचालय पर्याप्त नभएको र भएको पनि अध्याधिक फोहोर भएको भन्ने गुनासो आयो । लामखुट्टेले अध्यधिक टोक्नु, खानाको अभाव हुनु जस्ता अनेक समस्या देखिए । ज्याम्बोरीमा सहभागीका लागि ल्याएको अन्डाभित्र चल्ला भएको भिडियो सामाजिक सञ्जालमा छ्याप्प छ्याप्ती भए । सुत्नका लागि तयार पारिएका फोहोर कपडा पनि सहभागीहरुले सामाजिक सञ्जालमा राखे ।

विश्व भरिका युवा सहभागी भएको कार्यक्रममा सकारात्क चर्चा भन्दा धेरै नकारात्मक चर्चा धेरै भयो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम मात्र होइन देशकै सञ्चार माध्यममा पनि सरकार र आयोजकको कडा आलोचना भईरहेको छ ।

समस्या नै समस्या भएकोले अमेरिका र बेलायतले आफ्नो देशबाट आएका युवालाई ज्याम्बोरीबाट अन्तै सार्‍यो । अन्य देशका सहभागीहरुले पनि कार्यक्रमस्थल राम्रो नभएको गुनासो गरे । कार्यक्रम नसकिदै लैंगिक समानता र परिवार मन्त्री किम हृयुन–सुकको राजीनामा मागिएको छ । उनको मन्त्रालय अन्तर्गत यो कार्यक्रम आयोजना भएको थियो । राष्ट्रपति यल पनि कार्यक्रमको उद्घाटन गरेर गर्मी बिदामा बसेकोमा चर्को आलोचना भईरहेको छ । उनले कार्यक्रममा हस्तक्षेप गरेर समस्यालाई कम गर्नुको सट्टा बिदामा बसेकोले देशको छवि नराम्रो भएको विपक्षी र केही सत्तापक्षकै नेताहरुले आरोप लगाईरहेकाछन् ।

कार्यक्रम सकिन ४ दिन बाँकी रहँदा ‘खानुन’ नामक टाईफून आएपछि क्याम्प साइट छल्लाबुक्दोबाट सहभागी युवाहरुलाई बिभिन्न क्षेत्रमा सारिएको थियो । नेपालबाट सहभागी भएका १ सय ६८ जनालाई राजधानी सोलसँगै जोडिएको आसानसीको विद्यालयमा राखिएको छ ।

सन् २०१७ मै विश्व ज्याम्बोरी गर्ने जिम्मेवारी पाएको कोरियाले कुनै तयारी नगरेको धेरै देशको गुनासो छ । नेपालबाट सहभागी भएका रमेश गौतमले भने नेपालीका लागि कुनै समस्या नभएको बताए । ‘हामीलाई सबै ठीकै थियो । नेपालबाट आएका सहभागीहरुको पनि केही समस्या छैन । हामी सबै ठीक छौ ’ उनले भने । नेपालबाट आएका युवाहरु १४ देखि १६ वर्ष उमेर समूहका छन् । टाइफुनका कारण कुनै समस्या नरहेको र नेपालीहरु सुरक्षित अवस्थमा रहेको नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले विज्ञप्ति नै जारी गरेका छन् । ज्याम्बोरीमा अध्यक्ष भण्डारी समेत सहभागी छन् ।

यो कार्यक्रम कोरोना महामारीपछिको ठूलो विश्वव्यापी जमघट थियो । दक्षिण कोरियाले यस अघि ग्रीष्म, शीतकालीन ओलम्पिक र फिफा विश्वकप आयोजना गरेर ठूला कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा जस पाएको थियो । तर अहिले विश्व स्काउट ज्याम्बोरीले गर्दा अपजस खेपिरहेका छन् । चर्को गर्मी हुने थाहा पाएर पनि आयोजकले क्याम्प साइट विकास गर्नका लागि रूखहरू नभएको मैदान छानेकोमा पनि चर्को आलोचना भईरहेको छ । आयोजकले भने जमिनमा नुनको मात्रा बढी भएको कारण विरुवा नहुर्किएपछि विकल्पमा टनेल बनाएको र त्यस्ता टनेल सबै सहभागीका लागि बनाउन नसकिएको स्वीकारेका छन् ।

बेलायतले सबै भन्दा पहिले आफ्नो टोली शौचालयहरू सफा नभएको, स्काउटहरूले पर्याप्त खाना नपाएको, भएका खाना पनि खान योग्य नभएको भन्दै कार्यक्रम स्थल छाडेको थियो । ज्याम्बोरीमा बेलायतबाट ४५ सय भन्दा बढी सहभागी थिए । त्यसको केही समयपछि अमेरिकाबाट आएका सहभागीले पनि क्याम्प क्षेत्र छाडेका थिए ।

विश्वभरि नै दक्षिण कोरियाले ठूला कार्यक्रम आयोजना गर्न नसक्ने सन्देश गएको यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । आगमी सेम्टेम्बरमा सन् २०३० को वर्ल्ड एक्स्पाे आयोजना बुसानमा गर्ने तयारी गरिरहँदा यसरी ज्याम्बोरीले देशको प्रतिष्ठालाई धमिलो पार्न सक्ने चिन्ता व्यक्त गर्छन् । कोरियाले एक्पोको लागि तीन बर्ष पहिले देखि नै तयारी थालेको थियो ।

‘दक्षिण कोरिया एक विकसित देशको रूपमा परिचित छ त्यसैले यो देशले लामखुट्टे वा शौचालय जस्ता समस्याहरू समाधान गर्न सक्दैन भनेर कसले सोचेको थियो?’ इन्चेन विश्वविद्यालयका व्यवसायिक प्राध्यापक हङ की योङले कोरिया हेराल्डसँग भनेका छन् । खाना, शौचालय, गर्मीका कारण यस्तो समस्या भयो । यो कार्यक्रम आयोजना गर्न कोरियाली सरकारले ८८.७ मिलिएन डलर खर्च गरिसकेको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...