सउल नेपाल गुम्बाले २५६७ औं बुद्ध जन्मजयन्ती विशेष धार्मिक प्रवचन गरि मनाए


सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्ध जन्म जयन्ती” मे २८ तारिख आईतबार गुम्बा अवस्थित गाङ्नाम, इलवान दोङ्मा मनाएको छ ।

कार्यक्रम पूजापाठ पश्चात औपचारिक कार्यक्रमका बीचमा नेपालबाट पाल्नुभएका धर्मगुरू लोपोन आचार्य पेमा छिरिङले बुद्ध दर्शन बारे प्रवचन गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्वमा सउल नेपाल गुम्वाका संस्थापक लामा प्रमुख कुन्साङ दोर्जे लामा, प्रमुख अतिथी IDIA국제포교사회 संस्थाकी उपाध्यक्ष이경호보덕행, नेपाल तामाङ घेदुङ सउलका उपाध्यक्ष बि.बि. स्याङतान, घेदुङकै निवर्तमान अध्यक्ष रवि योन्जन, घेदुङ बुसान शाखाका सल्लाहकार सरिता लोप्चन, ह्योल्मो सम्पर्क समिति कोरियााक अध्यक्ष निमा ह्योल्मो, बाग्मती प्रदेश एकता समाज कोरियाका निवर्तमान अध्यक्ष रविप्रताप घिसिङ, आदिवासी जनजाती पत्रकार महासघं (फोनिज) कोरियाका अध्यक्ष गोकुल थोकर, तामाङ पत्रकार सघं दक्षिण कोरियाका अध्यक्ष अमिर योन्जन, धर्मगुरू, लामा भिक्षु, सुसो प्रहरी कार्यालयका निरिक्षक 강혜숙, नेपाली-कोरियाली बौद्ध धर्म अनुयायी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि  एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । उक्त महान तिथिलाई बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्द जयन्तीका रूपमा मनाउदै आइरहेको छ ।

दक्षिण कोरियास्थित नेपाली गुम्वा थेग्छेन् छ्योइलिङ सउल नेपाल गुम्वाले बुद्धजयन्ती कार्यक्रममा गुम्वाले गरिआएको सामाजिक कार्यलाइ अझ ब्यपाक बनाउने लक्ष्य बनाइरहको र कोरियाली तथा नेपाली समुदायलाई सबैले साथ सहयोग गरि दिनुहुन अनुरोध गरेको छ ।

साथै २५६७ औं बुद्धजयन्तीको अवसरमा देश तथा विदेशमा रहेका बौद्ध धर्मावालम्विहरूका साथै सम्पूर्णको सुख, सम्बृद्धि र बिश्व शान्तिका हार्दिक शुभकामना व्यक्त्त समेत गरेको छ ।

Photo: Dudha Lopchan DB 텍첸사 서울네팔법당

Photo: Dudha Lopchan DB 텍첸사 서울네팔법당

Photo: Dudha Lopchan DB 텍첸사 서울네팔법당

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • नेपाली जन प्रगतिशील मञ्चले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...