Advertisement
SKIP THIS

जेजुदोमा दुतावासको घुम्ति सेवा सम्पन्न


जेजुमा नेपाली दुतावास दक्षिण कोरियाको घुम्ति सेवा सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ जेजु शाखाले आइतबार गरेको घुम्ति सेवाबाट जेजुमा रहेका ९६ जना नेपाली लाभान्वित भएका छन् । ८५ जनाले पासपोर्ट बनाउने, ९ जनाको ड्राईभिङ लाईसेन्स र २ ले अन्य सेवा लिएका थिए ।
राजधानी सोल आउन खर्चिलो र धेरै समय लाग्ने भएकोले जेजुमा रहेका नेपाली दुतावासको घुम्ति सेवाबाट लाभान्बित भएको गैर आवासीय नेपाली संघ जेजु शाखाकी कार्यवाहक अध्यक्ष सुनिता ब्लोनले बताईन । ‘हामीले यहाँ सेवा लिन चाहने साथीभाइलाइ पहिले नै बुकिङ गर्न भनेका थियाैं । ६८ जनाले अनलाइन फर्म भरेर हामीलाइ दिनु भएकाे थियाे । तर आईतवार भने धेरै जना हुँदा अप्ठ्याराे भयाे । हामीले अवेरसम्म बसेरै भए पनि केहीकाे पासपाेर्ट रिन्युकाे लागि काम गरेका गरेका थियौं ।  हामीले चाहदा चाहदै पनि सबैको काम भने गर्न सकेनौं । दुतावासले केही समय पछि फेरी जेजुमा घुम्ति सेवा
आउन सक्ने जानकारी दिनु भएकाे छ ।’ उनले थपिन् ।
कार्यक्रम गर्नका लागि गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दीपक पुन र नेपाल तामाङ घेदुङका बरिष्ठ उपाध्यक्ष राजकुमार स्याङतानले सहयोग गरेको पनि ब्लोनले बताईन । ‘यहाँका साथीभाइले पहिले देखि नै घुम्ति सेवा जेजुमा पनि गर्न सके हुन्थ्यो भन्ने गर्नु हुन्थ्यो । घेदुङ जेजु शाखाको अधिवेशनमा कुरा हुँदा घुम्ति सेवा गर्न सकिने स्याङतानले बताउनु भएको थियो । उहाँहरूले सहयाेग गर्नु भयाे । साथै दुतावासबाट पनि सहयाेग भयाे ।  जेजुमै रहेर सहयाेग गर्नु हुने गाेकुल शर्मा, खगेन माेक्तान, सुरेन्द्र चन्द ठकुरी, हेमराज भट्ट, शैलेन तुम्बापाे, अर्जुन तुम्बापाे, विरू लिम्बू, धर्मराज गाैतम, डिक गुरूङ, गजेन कुँवर, राजन निराैला लगाएत कार्यक्रम सफल बनाउन सहयोग गर्नु भयो । त्यसका लागि सबैलाइ धन्यबाद ।’ ब्लोन नेपाल घेदुङ जेजु शाखाको अध्यक्ष पनि हुन् ।

थप तस्विरहरू

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...