प्रथम फारान युनाईटेड फुटसल कप -२०२३ सम्पन, उपाधि जेछन फुटबल क्लबले जिते


फारान युनाईटेड फुटबल क्लब ह्वासाङको आयोजनामा भएको “प्रथम फारान युनाईटेड फुटसल कप -2023” सम्पन्न भएको छ । यस कपको उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल भएको छ l

दक्षिण कोरियाको सुवन शहर स्थित खेङ्गी बोछोछाङ् फुटबल मैदानम़ा आइतबार सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको थियो। खेलमा जेछन फुटबल क्लबले फारान युनाईटेड फुटबल क्लबलाई १ का बिरुद्ध 2 गोल गरि बिजय हासिल गरेको हो ।

“बि” पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि जेछन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने ” ए” पोलबाट तेह्रथुम फुटबल क्लबलाई पराजित गरि फारान युनाईटेड फुटबल क्लबले फाइनल भिड्न्त सुरक्षित गरेको थियो l

आयोजक सहित ३६ फुटसल टिमको सहभागिता रहेको उक्त फुटसल प्रतियोगिताम़ा बिजेता जेछन फुटबल क्लबले नगद ३५ लाख वन ट्रफि, मेडल सहित प्रमाण पत्र प्राप्त गर्यो गरेको थियो ।

उप बिजता बनेको फारान युनाईटेड फुटबल क्लबले नगद २० लाख वान सहित ट्रफि ,मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो । सेमीफाइनलिस्ट तेह्रथुम फुटबल क्लब र मोक्पो फुटबल क्लबले पनि नगद ७/७ लाख वन पुरुस्कार प्राप्त गरेको थियो ।

उक्त फुटसल प्रतियोगिताको उत्कृष्ट गोलकिपर -सोनाम चामलिंग राई (जेछन फुटबल क्लब), उत्कृष्ट खेलाडी- सुभाष जे•आर•(फारानयुनाईटेड फुटबल क्लब), उच्च गोलकर्ता-निशान कार्की (जेछन फुटबल क्लब)ले हासिल गर्न सफल भए l

त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई ट्रफि, मेडल सहित जनही १ लाख वननले पुरस्कृत गरिएको थियो। त्यस्तै अनुशासन टिम सुवन फुटबल क्लब “बी”लाई ट्रफि सहित नगद २ लाख वन तथा उत्कृष्ट प्रशिक्षकमा बिक्रम गुरुङ (मोक्पो फुटबल क्लब) लाई पनि पुरस्कृत सहित सम्मान गरिएको थियो l

बिशेषत नेपाली-कोरिया फुटबल जगतमा अतुलनीय योगदान पुर्याउनु हुने अग्रजहरु ब्रो तमू, फिलिप गुरुङ्, जित गुरुङ लम्जुङ् फुटबल क्लब, जे बी लामा मनाङ् फुटबल क्लब , मदन राई धरान फुटबल क्लबलाई पनि आयोजक फारान युनाईटेड फुटबल क्लबको तर्फबाट सम्मान पत्रबाट सम्मानित गरिएको थियो l

कार्यक्रमको समापनमा प्रमुख अतिथि नेपाल राजदुतावासका श्रम काउन्सिलर चन्द्रकला चौलागाई (ओली) रहेका थिए। नेपाल फुटबल फेडेरेसनका अध्यक्ष ब्रो तमू, ह्वासाङ् नेपाली परिवारका अध्यक्ष कमान सिंह राई, NFF कोरियाका उपाध्यक्ष फिलिप गुरुङ, महिला प्रहरी सम्झना राई, पासाङ् शेर्पा, सुनेश क़े सी, खगेन्द्र खत्री लगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा समापन कार्यक्रम भएको थियो ।
खेलको प्रत्यक्ष प्रशारण Goalnepal. Com ले गरेको थियो । त्यस्तै गरि GME Remit ले पनि ग्राहकहरुलाई सेवा सुबिधा उपलब्ध गरेको थियो l

उक्त फुटसल प्रतियोगिता कार्यक्रमलाई सफल बनाउनको लागि आर्थिक रुपमा सहयोगी दाताहरुलाई सम्मान सहित स्वयमसेवकहरुलाई पनि आयोजक कमिटिका सँयोजक मदन दुलालले स्वागत र धन्यबाद ज्ञापन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...