बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल


बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन भएको अधिवेशनबाट भवानी पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिनिको निर्वाचित भएका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष रवी प्रताप घिसिङले गरेका थिए । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए । कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा रहेको थियो ।

नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा भवानी पौड्याल, वरिष्ठ उपाध्यक्षमा नवराज तिमिल्सिना निर्वाचित भएका छन् । उपाध्यक्षमा सागर सापकोटा, महिला उपाध्यक्षमा सुष्मा थापा निर्वचित भएका छन् । त्यस्तै अर्का उपाध्यक्षमा रेशम अधिकारी, महासचिवमा सुरेश थिङ, कोषाध्यक्षमा जयन्ति शर्मा घिमिरे, सचिवमा तारा चन्द आचार्य र सुमन चौलागाई तथा सह-कोषाध्यक्षमा पूर्ण. ब. प्रधान निर्वाचित भएका हुन । त्यस्तै जिल्ला संयोजकहरुमा, अमर घले (धादिङ), केशव मन लामा (काभ्रे), कुन्दन थापा (दोलखा) र पदम बहादुर थापामगर (रामेछाप) रहेका छन् ।

“बागमती प्रदेश एकता समाज दक्षिण कोरिया” दक्षिण कोरियामा रहेका बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संगठन हो । यसको स्थापना २०१८ मा भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...