दक्षिण कोरियामा गुरुङ चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुँदै


धेरै लामो समयपछि दक्षिण कोरियामा गुरुङ भाषाको चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुने भएको छ । चलचित्रलाई दक्षिण कोरियामा बसोबास गर्नुहुने तमूहरुको छाता संस्था तमु धींले आयोजना गर्ने भएको हो । सउल स्थित यही आउँदो मे महिना २१ तारिक केन्द्रले प्रदर्शन गर्ने भएको छ भने बुसान शाखा र थेगु शाखामा पनि प्रदर्शन मिति छिट्टै नै सार्वजानिक हुने भएको छ ।

पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेशभित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षको दाबी रहेको छ । नेपालका गाउँहरु विशेष गुरुङ गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु, त्यसले निम्त्याएका समस्याहरु देखि लिएर आफ्नो गाउँठाउँ प्रतिको माया मोह र सँगै गाउँ संरक्षणका निम्ति के कस्ता जिम्मेवारीहरु हुन सक्छन् भन्ने सन्देश चलचित्रमा देखाइएको छ । लमजुङ जिल्लाको दोर्दी पालिका १२ थर हिले गाउँ र समुद्री सतहबाट ३२०० मिटर उचाईमा रहेको बारा-पोखरी लगायत काठमाण्डौमा समेत छायाकन गरिएको यस चलचित्रमा लभस्टोरी पक्षलाई पनि सशक्त रुपमा प्रस्तुत गरिएको छ ।

कोरोनाको भयावह अवस्थामा आवश्यक सामग्रीहरुको अभावको बावजुद पनि भरपुर मेहनेतका साथ तयार पारिएको यस चलचित्रका निर्माता तथा लेखक ज्ञानेन्द्र गुरुङ हुन् । उनी आफै पनि कोरियामा निकै लामो समय बसोबास गरेर नेपाल जानुभएको हुनाले आफ्नो पहिलो कोशिसलाई कोरियावासी साथीहरुले माया गरिदिनुहुनेछ भन्ने कुरामा आशावादी हुनुभएको छ । गुरुङ पहिलो गुरुङ (Rapper) र्यापर पनि हुनुहुन्छ । उहाँको क्रियशनहरु उहाँकै युट्युब च्यानल (Gyanendra gurung) मा हेर्न सक्नुहुनेछ ।

७०% गुरुङ भाषा,३०% नेपाली भाषामा तयार पारिएको यस चलचित्रमा नेपाली भाषाको सबटाईटल पनि राखिएको हुनाले गैर तमू साथीहरुले पनि सहजै बुझ्न सकिने हुँदा सम्पुर्ण कोरियाबासी तमु तथा गैर तमु साथीहरुलाई चलचित्र हेरेर माया गरी सहयोग गरिदिनुहुन आयोजक साथै निर्माण टोलीले हार्दिक अनुरोध गर्नुभएको छ ।

मिति :- २०२३-०५-२१ आईतबार

समय :- दिनको १२:०० बजे

स्थान :- 종로구민회관, 서울 종로구 지봉로5길 7-5 (पुजा रेस्टुरेण्ट र लुम्विनी रेस्टुरेण्टको पछाडी)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...