बागमती प्रदेश एकता समाज दक्षिण कारियाको तेश्रो अधिवेशन अप्रिल ३० मा हुने
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेन अप्रिल ३० तारीखका दिन हुने भएको छ । राजधानी साउल स्थित नीक नेपालको सभाहलमा हुने अधिवेशनमा भर्जुअल माध्यम मार्फत बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथिको रुपमा रहने जनाएको छ ।
सन् २०२१ मार्च ७ तारिखमा सम्पन्न दोश्रो अघिवेशन पश्चात यस संस्थाले गरेका गतिविधिहरुको समिक्षा गर्दै भावि कार्ययोजना सहित नयाँ नेतृत्व चयन गर्न संस्थाको तेस्रो अधिवेशन गर्न लागिएको यस संस्थाका अध्यक्ष रविप्रताप घिसिङले फोनिज कोरियालाई जानकारी दिएका हुन ।
अधिवेशनका लागि यही अप्रील १० तारिख सम्ममा केन्द्रको लागी जिल्लागत अधिबेशन प्रतिनिधि छनोट गर्नु पर्ने छ । त्यसै गरी १५ गते अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिने छ । १८ गते सम्म दाबी बिरोधको समय रहने छ । २२ गते अधिबेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन हुने अध्यक्ष घिसिङले बताए ।
“त्यसैले तेश्रो अधिबेशन सभ्य भब्य र ब्यबस्थित रुपमा सफल बनाउन कोरियामा रहनु हुने बागमती प्रदेश भित्रको र अन्य सम्पुर्ण महानुभाव ज्यू हरु उपस्थित भैइ दिनु हुन हार्दिक अनुरोध गर्दछौं” घिसिङले थपे ।
“बागमती प्रदेश एकता समाज दक्षिण कोरिया” दक्षिण कोरियामा रहेका बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्था हो । यसको स्थापना २०१८ मा भएको हो । स्थापनाकालदेखि नै संस्थाले कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध बागमती प्रदेशवासीहरू बिच एकताको लागि महत्वपूर्ण भूमिका खैल्दै आएको छ । साथै संस्थाले आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्धि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बिच सहकार्य गर्दै आइरहेकोे छ ।