Advertisement
SKIP THIS

अमेरिकाले दक्षिण कोरियाली सरकारको जासुसी गरेको खुलासा कोरियाली राष्ट्रपतिको भ्रमणमा असर पर्नसक्ने


दक्षिण कोरियाली राष्ट्रपति यून सुक योल अप्रिल २६ मा अमेरिका भ्रमणमा जाँदैछन् । अमेरिका र कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् । भ्रमणको मुखैमा अमेरिकी गुप्तचरहरूले यहाँको सरकारको जासुसी ‘वायरट्यापिङ’ गरेको खुलेपछि कोरियाली राष्ट्रपति दबाबमा छन् ।

कोरियाली प्रमुख प्रतिपक्ष दल एक महिनाअघि राष्ट्रपतिले जापानको भ्रमण गरेर आएदेखि नै आन्दोलनमा छ । जनताले पनि राष्ट्रपतिको जापान भ्रमणमा भएका विभिन्न सम्झौता मन नपराएकोले लाखौं जनता सडकमा आएकोले देखाउँछ । यहाँ राष्ट्रपतिको काम कस्तो भएको छ भनेर ‘रेटिङ’ गर्ने चलन छ । प्रत्येक महिना उनको रेटिङ घटेको घट्यै छ । त्यसैले उनी जापान भ्रमणलाई सकारात्मक भनेर आफ्नो बचाउ गरिरहेका छन् । यस्तैमा अमेरिकी गुप्तचरले वायर ट्यापिङ गरेको जानकारी लिक भएपछि उनी थप दबाबमा परेका छन् ।

न्युयोर्क टाइम्स र अन्य पश्चिमी मिडिया रिपोर्टहरूमा लिक भएको जानकारीअनुसार कोरियाली सरकारले युक्रेनमा अमेरिकालाई विभिन्न हतियारका लागि सहयोग नदिने गरेको आन्तरिक निर्णयलाई वायरट्यापिङ गरेको भनिएको छ ।

पूर्वराष्ट्रपतिका विदेश मामिला प्रमुख ली मुन–हीले कोरियाली राष्ट्रिय सुरक्षाका पूर्वनिर्देशक किम सुङ–हानलाई युक्रेनमा के कस्तो सहयोग गर्ने भन्ने सरकारी निर्णय नभएसम्म कोरियाली राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीचमा फोनमा केही बोलिहाल्न नमिल्ने बताएको रिपोर्टमा छ ।

लीले अमेरिकी दबाबमा सोलले घातक हतियार युक्रेनलाई प्रदान नगर्ने आफ्नै अडानविरुद्ध जान नसकिने बताएका थिए । यदि सहयोग गर्ने परे विकल्प भनेको कोरियाली राष्ट्रपति यून अमेरिका भ्रमण जाँदा र हतियार किनबेचको सम्झौता गरेर सहयोग गर्न सकिने सल्लाह दिएको रिपोर्टमा छ ।

चर्को आलोचना खेपिरहेको सोलले ‘अमेरिकासँग आवश्यक परामर्श लिने’ बताएको छ । राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले भने, ‘यसको मतलब हामीले वायरट्यापिङको प्रयास भएको हो कि होइन भनेर पुष्टि गर्दैछौँ र के भयो भन्ने थाहा पाएपछि थप के गर्ने निर्णय हुनेछ ।’ अधिकारीले तथ्यहरू पत्ता लगाउने प्रक्रियामा अमेरिकासँग भएको जानकारी मागिने पनि बताएको कोरियाली अंग्रजी दैनिक कोरियन हेराल्डले जनाएको छ ।

सत्यतथ्य पत्ता लगाउन दक्षिण कोरियाले के प्रयास गरिरहेको छ भनेर अहिलेसम्म कुनै जानकारी भने दिएको छैन । कोरियाली राष्ट्रपति यहाँ विवाद वाशिंटनले चर्को रूपमा नसुनोस् भन्ने चाहन्छ । त्यसैले देशमा ठोस जानकारी नदिएरै आगामी अप्रिल २६ मा हुने यून–बाइडेन शिखर सम्मेलनको मुडलाई बिगार्न चाहँदैन ।

युनको भ्रमणलाई बाइडेन प्रशासनले मात्र नभई अमेरिकी कंग्रेसले पनि स्वागत गरेकोले यो विवादले दक्षिण कोरिया र अमेरिकाको गठबन्धनलाई अझ बलियो बनाउने दुई देशको सम्बन्धमा उत्साह बढाउने धारणा सोलको छ । यद्यपि, यूनले वायरट्यापिङको आरोपमा अमेरिकाबाट माफी माग्नका लागि बढ्दो घरेलु दबाबको सामना गर्नुपरेको छ ।

‘(दक्षिण कोरियाली) सरकार र राष्ट्रपतिले लिक भएका कागजातहरू र रिपोर्टहरूको बारेमा उचित जानकारीको माग गर्नुपर्छ र जनतालाई के भएको हो जानकारी दिनुपर्छ,’ मुख्य प्रतिपक्ष दल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) नेता पार्क होङ–कुनले सोमबार पत्रकार सम्मेलन गरेर भनेका छन् ।

‘यदि पुष्टि भयो भने, यो एक अस्वीकार्य अभ्यास हो जुन ७० वर्षको गठबन्धनमा सहन सकिँदैन र दक्षिण कोरियाको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हो । जसले द्विपक्षीय विश्वासलाई चकनाचूर पार्छ । अमेरिकी सरकार आफ्नो सहयोगीप्रति वफादार हुनुपर्छ र दक्षिण कोरियाली जनता र कोरियाली जनतासँग माफी माग्नुपर्छ,’ पार्कले अगाडि भनेका छन् ।

अर्को विपक्षी दल जस्टिस पार्टीका अध्यक्ष ली जियोङ–मीले पनि वायरट्यापिङका आरोपहरू ‘कल्पनाभन्दा बाहिर’ भएको र दक्षिण कोरियाली सरकारले संयुक्त राज्य अमेरिकाबाट स्पष्ट तथ्य, माफी र पुनरावृत्ति रोक्ने वाचाको हुन पर्ने बताएका छन् ।

राष्ट्रियसभाका रक्षा, परराष्ट्र तथा गुप्तचर समितिका विपक्षी सांसदहरूले संयुक्त पत्रकार सम्मेलन गरी आरोपको छानबिन गर्न सत्तारुढ जनता पार्टी (पीपीपी) लाई स्थायी कमिटी बैठक बोलाउन सहमत गराउन माग गरेका छन् । (कान्तिपुरबाट साभार)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...