समर धमाकाका लागि कलाकार कोरिया आईपुगे
सोल – भुकम्प पिडित तथा आपत बिपतमा परेकाहरुको लागि कोरियामा सेल्टर निर्माणार्थ आयोजना गरिएको लोक दोहोरी समर धमाकाका कलाकारहरु कोरिया आईपुगेका छन् | लोक दोहोरी गायिका जुना श्रीष मगर र बसन्त थापालाई आयोजकले ईन्छन एयरपोर्ट पुगेर स्वागत गरेको थियो |
कोरियाको राजधानी सोलको मिनी नेपालको रुपमा चिनिने दोङदेमुनमा आयोजना गरिने उक्त कार्यक्रममा स्थानिय कलाकारहरु मनु जुग्जली र डिगेस गुरुङ रेशम – फिलिली सांगीतिक समुहको साथमा कोरियन गायिका मोग्बीले पनि आफ्ना दमदार प्रस्तुति दिनेछन |
कोरियामा रहनु हुने सम्पूर्ण संघ , संस्था प्रतिनिधिहरु , ब्यबसायी , बिद्यार्थी , पत्रकार लगायत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ |
मिति – २०१५ – जुलाई २६ तारिख आईतबार
समय – दिनको ठिक १२ बजे
स्थान – कुक्मिन हेगनको सभा हल , दोङदेमुन
इन्ट्री फि – १५ हजार वन
थप जानकारीको लागि –
जितन भाई श्रीष – ०१०२११७०७४१
तारा थापा – ०१०२१९४४६८६
देबेन्द्र काउचा – ०१०२६६०३३१७
प्रेम सर्बुजा थापा – ०१०७२६४६१२३