कोरियामा कामदारलाई वैकल्पिक बिदा


कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ ।

यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय गरिसकेको कोरियाली सरकारले यस वर्ष बुद्धजयन्ती र क्रिसमस शनिबार वा आइतबार परेमा सोमबार बिदा हुने गरी नियम संशोधन गरेको हो ।

कोरियामा बुद्धजयन्ती अप्रिल वा मे महिनामा पर्छ । संसारभर डिसेम्बर २५ मा मनाउँदै आएको क्रिसमस पनि कोरियालीहरुको लागि मुख्य चाडको रुपमा रहँदै आएको छ । यस वर्ष बुद्धजयन्ती मे २७ शनिबारमा पर्छ । संशोधित कानुन अनुसार कोरियाली कामदारहरूले मे २९ सोमबार वैकल्पिक बिदा पाउने छन् ।

कोरियाली सरकारले कामदारहरूको लागि पर्याप्त आरामको अधिकार सुनिश्चित गर्न, दैनिक उपभोग बढाउन र घरेलु अर्थतन्त्रमा सुधार गर्न पनि नियम शंसोधन गरिएको जनाएको छ । बुद्धजयन्ती र क्रिसमस कोरियाली कानुन अनुसार नै पर्ने १५ सार्वजनिक बिदाहरूमध्ये पर्छ । अन्य बिदाहरुमा नयाँ वर्षको दिन, सलनाल (कोरियाली नयाँ वर्ष ३ दिन बिदा), मार्च १ आन्दोलन दिवस, बाल दिवस, मेमोरियल डे, छुसक (३ दिन), राष्ट्रिय मुक्ति दिवस, राष्ट्रिय स्थापना दिवस र कोरियाली अक्षर स्थापना दिवस समावेश छन् ।

यहाँको सरकारले सन् २०१३ मा कोरियाली नयाँ वर्ष सलनाल, छुसक, वा वाल दिवस शनिबार वा आइतबार परे कामदारलाई वैकल्पिक दिन बिदा दिने नियम ल्याएको थियो । त्यस्तै २०२१ मा मार्च १ आन्दोलन दिवस, राष्ट्रिय मुक्ति दिवस, राष्ट्रिय स्थापना दिवस र कोरियाली अक्षर स्थापना दिवस पनि शनिबार आइतबार परे वैकल्पिक दिन बिदा दिने नियम ल्याएको थियो ।

कोरियाली श्रम कानुन अनुसार कामदारलाई सुविधा र कोरियाली श्रम कानुन भने पाँच जनाभन्दा बढी कामदार भएका कम्पनीमा मात्रै लागू हुन्छ । सार्वजानिक बिदाको नियम पनि मझौला तथा ठूला कम्पनीमा मात्रै लागू हुन्छ । कृषि र पाँच जनाभन्दा थोरै कामदार भएका कम्पनीका कामदारले भने रोजगारदाताले दिएको सुविधा अनुसार बस्नुपर्ने नियम छ ।

सार्वजानिक बिदाको दिन कामदारले काम गरे कोरियाली श्रम नियम अनुसार थप भत्ता सुविधा पाउँछन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका ४० हजारभन्दा बढी नेपालीहरू नयाँ सार्वजानिक बिदाको नियमबाट लाभान्वित हुनेछन् । (कान्तिपुर दैनिकबाट साभार)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...