हाङगाङको किनारामा होली


हाङगाङ खोला छेउका रुखका पातमा अझै मुना पलाएका छैनन् । अप्रिल तिर भएको भए कोरियाली भाषामा फत्कोछी भनिने पैयूँ फुलेर हरियालीले रमाइलो हुने ठाउँ हो । तर अझै कोरियामा चिसो सकिएको छैन । यस्तै चिसोमै आइतबार सोल क्षेत्रमा बस्ने नेपालीले झन्डै चार बर्ष पछि होली कार्यक्रम हाङगाङको किनारामा गरेर रमाइलो गरे ।
कोरियामा क्रियाशिल विभिन्न संस्थाहरु मिलेर गरेको कार्यक्रममा बाक्लै नेपाली पुगेका थिए । काम र ब्यस्त जिन्दगी कोरियामा रहेका नेपालीको दैनिकी हो । फुर्सतको समायमा रमाइलो गर्न पुगेका नेपालीहरुको भनाई थियो । नेपाल पत्रकार महसंघ दक्षिण कोरियाका उपाध्यक्ष विक्रम बज्यू पनि कोरियामा विभिन्न रंग खेलेर रमाइलो गर्न पाउँदा दंग थिए । ‘कोरोना महामारीका कारण हामीले यसरी खुल्ला ठाउँमा भेला हुन पाएका थिएनौं । झन्डै चार बर्ष पछि यसरी रंग खेलेर रमाइलो गर्न पाउँदा नेपालमै रमाइलो गरेको जस्तो लाग्यो ।’ उनले भने ।
परदेशमा नेपाली चाडबाड मनाउँदा मनमा घर पुगेको जस्तो लाग्ने विपी भट्टराइकाे अनुभव छ । ‘बल्ल बल्ल नेपाल जान पाइन्छ । त्यो बेला के चाडबाड पर्छ थाहा हुँदैन । बरु यतै यसरी मिलेर रमाइलो गर्दा मनमा आनन्द आउँदो रहेछ ।’ उनले भने । उनी सोल देखि ४० किलो मिटर टाढा पर्ने ख्याङ्जू कार्यक्रममा सहभागि हुन पुगेका हुन् ।
कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत ज्योती भन्डारी प्याकुरेल पनि पुगेकी थिईन् । उनी सार्वजानिक कार्यक्रममा विरलै उपस्थित हुने गर्छिन् । कार्यक्रम कोरियामा भएको १९ वटा संस्थाहरु मिलेर गरेको अयोजक संस्था पाँचस दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष गुरुदत्त न्यौपानेले जानकारी दिएका छन् । ‘खुल्ला पार्कमा लामो समय पछि कार्यक्रम गर्दा केही चुनैती थिए । कार्यक्रममा सहभागिता जनाएका सबैले सहयोग गरेका कारण रमाइलो गरेर कार्यक्रम सकियो ।’ उनले भने ।
दिउँसो १२ बजेबाट सुरु भएको कार्यक्रममा कोरियामा रहेका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने नेपाली परिकार सेलरोटी र आचारको मज्जा पनि लिएका थिए ।

फाेटाे साभार केडी स्टुडियाेकाे फेसबुकबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...