काेरियामा १४ औं शताब्दीकाे हानाेक घरकाे आकर्षण, दशक भित्र साैलमा १० थप हानोक गाउँहरू निर्माण गरिने


दक्षिण कोरियाको राजधानी सौलमा आगामी १० वर्ष भित्र १० नयाँ हानोक गाउँहरू निर्माण गर्ने भएको छ । पर्यटक तथा शहरका बासिन्दाहरूको आनन्दको लागि आकर्षक सम्पदाको रुपमा हानोक गाउँहरू निर्माण गरिने सौल महानगरले जनाएको छ ।

साैल महानगर सरकारले मंगलबार(१४ फेब्रवारी) कोरियाली परम्परागत वास्तुकलाको व्यवस्थापन र विकास गर्न आफ्नो नयाँ गुरु योजना “सियोल हानोक मनोरञ्जन ४.०” सार्वजनिक गरेकाे हाे । मानगरका अनुसार बन्ने हानोक गाउँको स्थान भने तय हुन बाँकी छ। तर गाउँ मुख्यतया हरित बेल्ट वा विकास प्रतिबन्ध क्षेत्रहरूमा हुनेछन् ।

हानाेक गाउँमा सेनेटोरियम, वृद्धवृद्धाका लागि सुविधा र कला ग्यालरीहरू जस्ता सार्वजनिक हितका सुविधाहरू निर्माण हुनेछन्।

सियोल महानगरपालिकाले आधुनिक हानोकमा विविधता र आराम थप्ने लक्ष्य राख्दै हानोक विकासका नियमहरू र दिशानिर्देशहरूलाई सहज बनाउने योजना पनि बनाएको जनाएकाे छ ।

यो महानगारकाे चौथो हानोक व्यवस्थापन गुरुयोजना हो। पहिलो योजनाको रूपमा उत्तरी जोङ्नो जिल्लामा २००१ मा बुक्चोन हानोक गाउँ स्थापना गरेकाे थियाे । त्यसै समय देखी महानगर सरकारले आफ्नो हानोक विकास नीतिलाई निरन्तरता दिइरहेको छ।

२००८ मा योजना २.० संरक्षण र प्रवर्द्धन मा केन्द्रित भएकाे थियाे । २०१५ मा, योजना ३.० गाउँहरूलाई अझ बसोबास योग्य बनाउनको लागि जीवनयापनको अवस्था विकास गर्ने लक्ष्य राखिएको थियो।

सियोलका मेयर ओ से-हुनले मंगलबार सिटी हलमा आयोजित पत्रकार सम्मेलनमा सहरको चौथो हानोक व्यवस्थापन गुरुयोजना प्रस्तुत गरेकाे हाे ।

महानगरले यसको परिभाषा विस्तार गर्दै र निर्माण र अनुदानमा नियमहरू सहज बनाएर ह्यानोकमा विविधता सिर्जना गर्न खोजेकाे छ ।

यसले ह्यानोक निर्माण र डिजाइनमा यसको वास्तुकला मापदण्डहरू सजिलाे बनाएकाे छ । यसमा आधुनिक सामग्रीको प्रयोगलाई पनि अनुमति दिएको छ।

सियोलले बुक्चोन हानोक गाउँ र नजिकैको सियोचोनमा थप विदेशी आगन्तुकहरूलाई आकर्षित गर्न ग्लोबल लाउन्ज पनि बनाउनेछ जनाएकाे छ ।

ग्लोबल लाउन्जले कोरियाली सम्पदा र सांस्कृतिक अभ्यासहरूमा केन्द्रित प्रदर्शनी र अनुभव जन्य कार्यक्रमहरू गर्नेछ । जस्तै चिया समारोह, माटाका भाँडाहरू, फर्निचर, प्रकाश र शिल्पकला आदिको प्रदर्शन गरेछ।

कोरियामा रहेका विदेशी दूतावासहरू र सांस्कृतिक केन्द्रहरू र विदेशी कम्पनीहरूले कार्यक्रमहरूका लागि हानोक ठाउँहरू भाडामा लिन र देशको अद्वितीय वास्तुकला सम्पदा र सास्कृतिक अनुभव लिन सकिनेछन् ।

कोरियाली हानोक गाउँहरू पूर्ण रूपमा सुन्दरका साथ साथै कोरियाली परम्परागत वास्तुकला, संस्कृति र इतिहासको बारेमा जान्नको लागि उत्कृष्ट ठाउँ हाे ।

के हाे हानाेक ?
कोरिया र चीनमा जोसेनजिप(조선집) भनेर चिनिने हानोक, एक परम्परागत कोरियाली घर हो। हानोक पहिलो पटक १४ औं शताब्दीमा जोसेन राजवंशको समयमा डिजाइन र निर्माण गरिएको थियो।

कोरियाली वास्तुकलाले जमिन र मौसमकाे साथै यसको वरपरको वातावरणालार्इ विचार गर्दछ । घरको भित्री भाग पनि सोही अनुसार बनाइएको हुन्छ। यो सिद्धान्तलाई बेसाइम्सु (배산임수) भनिन्छ । जसको अर्थ हो आदर्श घर पछाडि पहाड र अगाडि नदी भएको हुन्छ । हानोकका आकारहरू क्षेत्र अनुसार भिन्न हुन्छन्। कोरियाको चिसो उत्तरी क्षेत्रहरूमा, हानोकहरू तातोलाई राम्रोसँग राख्नको लागि बीचमा आँगनको साथ वर्गाकार बनाइन्छ। दक्षिणमा, हानोक अधिक खुला र एल आकारको हुने गर्दछ ।

काेरियाली समाचार पाेर्टलहरूकाे आधारमा तयार पारिएकाे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...