कोरियामा लगानी सम्मेलन सम्पन्न


नेपाली राजदुतावास दक्षिण कोरियाले गैर आवासीय नेपाली संघ दक्षिण कोरियासँग मिलेर ‘नेपाल ईन्भेस्टमेन्ट सेमिनार २०२३’ आयोजना गरेको छ । बुधबार सोलमा भएको कार्यक्रममा कोरियाका ५५ भन्दा बढि कोरियाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
‘कोरियाली लगानीकर्ताहरु उचित नेपालमा लगानी गर्न चाहन्छन् । हामीले उचित वातावरण मिलाई दिनु प¥यो । यहाँका लगानीकर्तालाई हाम्रोमा भएका संभावनाका विषयमा पनि जानकारी गराउनु प¥यो ।’ गैर आवासीय नेपाली संघका अध्यक्ष दिपक पुनले भने । ‘यो कार्यक्रममा नेपालमा लगानी गरि सक्नु भएका कोरियाली पनि हुनुहुन्थ्यो । कोरियाली कपडाको राम्रो ब्रान्ड ब्याक याक कम्पनीका साहु पनि आउनु भएको थियो । उहाँ कोरियाको १ सय १४ धनि कोरियालीमा पर्नु हुन्छ ।’ उनले थपे ।
कार्यक्रममा आएका धेरै कोरियाली लगानीकर्ताहरु पुर्वाधार विकास, पर्यटन, कृषि र हाईड्रोपावर क्षेत्रमा लगानी गर्नका लागि ईच्छुक रहेका छन् । कार्यक्रमका प्रमुख अतिथी कोरिया नेपाल पार्लायमेन्टरी फ्रेन्डसीप गु्रपका सभापति ली साङ हेनले नेपालमा लगानीका लागि प्रसस्त ठाउँ रहेको बताए । उनले नेपालमा घुम्न जाँदा नेपालको बारेमा बुझेको भन्दै कोरियाली लगानीकर्तालाई आफूले सक्ने क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत डा.ज्योती भण्डारी प्याकुरेलले नेपालमा कोरियालीहरुले अहिले पनि लगानी गरेर राम्रो गरि रहेको बताईन् । ‘नेपालका धेरै क्षेत्रमा लगानी गर्न सकिने ठाउँ रहेको छन् । नेपाल सरकारले लगानी मैत्री वातावरण बनाइ रहेका छ । थप सुधार गर्न परे त्यो पनि गर्नेछ ।’ कोरियाली लगानीकर्ता माझ उनले भनिन् । ‘कोरिया विकसित देश भएकोले यहाँ भएको पूजी र प्रविधी नेपाललाई चाहिएको छ । यसका लागि नेपाल सरकार लगानी सुरक्षाका निम्ती पनि तयार छ ।’ उनले थपिन् ।
दुतावासका उपनियोग प्रमुख रामसिं थापाले कार्यक्रममा सोचेको भन्दा बढि लगानीकर्ताहरु आएका बताए । ‘कोरियाली लगानीकर्तालाई नेपालका बारेमा जानकारी दिनका लागि गरिएको कार्यक्रम हो । आजको कार्यक्रममा कोरियामा ठूलो कम्पनीका प्रतिनिधिहरु आउनु भएको थियो । साना तथा मध्यम खालका लगानीकर्ताहरु पनि थिए । उनीहरुको मुख्य चासो भनेको लगानीमैत्री वातावरण नै हो ।’
अहिले दक्षिण कोरियाली लगानीकर्ताहरुले नेपालमा कोरियाली ठूलो कम्पनी मध्ये एक दोसान कम्पनीले त्रिशुली १ हाईड्राे पावरको लागि काम गरिरहेको छ । काठमाडौ तराई फास्ट ट्याकमा समेत योसिन ईन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ । त्यस्तै घर निर्माणमा कोरियाली कम्पनी एसवाई गु्रपले एसवाई प्यानल र अनलाईन मार्केटिङमा एसवाई बजार नामक एप मार्फत अनलाईन बजारको काम गरिहरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...