Advertisement
SKIP THIS

कोरियामा २१औं विश्व आदिबासी दिवस अगस्त ९ मा मनाइने


फोनिज कोरिया संवाददाता

सोल – नेपाल आदिबासी जनजाती महासंघ गणतन्त्र कोरियाले हरेक वर्ष मनाउदै आएको विश्व आदिबासी दिवस यहि अगस्त ९ तारिख आइतबारका दिन मनाइने भएको छ | महासंघको यहि जुलाई १९ तारिख भक्त शेरचनको अध्यक्षतामा बसेको बिशेष बैठकले उक्त निर्णय गरेको हो |

 

 

यति बेला नेपालमा संबिधान निर्माणको प्रक्रियामा प्रमुख ४ दल बीच भएको १६ बुदे सहमति पश्चात संविधानको मस्यौदा जनताको सामु प्रस्तुत गर्दै सुझाब संकलन कार्य अगाडी बढिरहेको छ | यो प्रारम्भिक मस्यौदा संबिधान ,अन्तरिम संबिधानको व्यवस्था भन्दा पछाडी हटेको छ |

बिगतमा नेपाल आदिबासी जनजाती महासंघ र आदिबासी जनजाती सरोकारवालाहरुसंग भएको सम्झौताहरुको बिपरित छ र पहिलो संबिधान सभामा सहमति भएका बिषयहरुको स्वामित्व ग्रहण गर्ने भन्ने यो दोस्रो संबिधान सभाको प्रारम्भिक निर्णयबाट पनि बिचलित भएको छ | समग्र मा भन्नु पर्दा यस मस्यौदा संविधानले परम्परागत विभेदकारी ,उत्पीडक तथाकथित उच्च जातीय राज्य सत्तालाई परिबर्तित सन्दर्भमा नया ढंगले सबै संबैधानिक किल्ला बन्दि गरी सुरक्षित राख्न खोजेको छ |

यस्तो प्रपन्च को डटेर मुकाबिला गर्नुको विकल्प छैन | नेपाल आदिबासी जनजाती महासंघको पहलमा संबिधान सभामा रहेका विभिन्न राजनीतिक दलका आदिबासी जनजाती सभासद हरुले फरक मत राखी सकेका छन् | यसलाई व्यापक समर्थन जुटाउन सबैमा हार्दिक अनुरोध गर्दछौं |

आदिबासी जनजातिका माग दाबी मुद्दाहरु त्यतिमा मात्र सिमित छैनन् भन्ने कुरामा कुनै विवाद छैन तसर्थ कोरियामा रहेका नेपाली आदिबासी जनजातीहरुले पनि आफ्नो हक अधिकार प्राप्तिका निमित्त दबाब सृजना गर्नको लागि आन्दोलन र संघर्षकै रुपमा यो २१ औँ विश्व आदिबासी दिवस मनाउन लागिएको हो | कोरियामा रहेका सबै संघ संस्था तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाले अनुरोध गरेको छ |
मिति:२०१५ अगस्त ९ तारिख आइतबार

समय: दिनको १ बजे

स्थान : नेपाल हाउस , वान्नाम दोंग सागरी सोल

 

पुनश्च : नेपाल आदिबासी जनजाती महासंघ कोरियाको चौथों अधिबेसन यहि २०१५ अगस्त ३० तारिख आयोजना गर्ने निर्णय गरिएकोले सम्बन्धित महानुभाबहरुले सदस्यता नबिकरण र नया सदस्यता लिनु हुन पनि अनुरोध गरिएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...