Advertisement
SKIP THIS

दीर्घकालिन शैक्षिक कोषकाे लागि काेरियामा ल्होछार कार्यक्रम


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमबाट ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने भएको छ ।

मञ्जुश्री सम्वद २८५९औं ह्योइ (तावर) ल्हो (विरालो वर्ग) सोनाम ल्होछारको अवसरमा जनवरी २१ मा विविध कार्यक्रमका साथ मनाउन लागेको ल्होछार साँझमा शैक्षिक कोषको स्थापना घोषणा हुने घेदुङ अध्यक्ष रवि लामाले जानकारी दिए । उनले कोरियाको सौलमा ल्होछारको पहिलो दिन मनाउन लागेको कार्यक्रमै कोषको रकम घोषणा हुने बताए ।

घेदुङको भरखरै सम्पन्न ल्होछार सम्बन्धी बैठक तथा छलफलले सो कोष स्थापना गर्ने निणर्य भएको अध्यक्ष लामाले बताए । उनले भने, तामाङ भाष, धर्म, कला र संस्कृति, प्रथा-परम्परा, भेषभुषा, इतिहास सम्बन्धी अध्ययन तथा अनुसान्धान, प्रमाणपत्र तहदेखि विधावारिधीसम्मलाई अध्ययन तथा तयारी कक्षाको लागि र लोक सेवातर्फका सबै तयारी कक्षा लगायतमा पूर्ण छात्रावृति वितरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याउन लागेको बताए । यस बारे विस्तृत रुपमा संस्थामा छलफल भइरहेको बताए ।

सौल जोङ्गाकमा रहेको हलमा मनाउन लागेको ल्होछारमा साँस्कृतिक तथा सांगीतिक साँझ हुने बताएको छ । दिउँसो ३ बजेदेखि बेलुकी १० बजेसम्म समय तोकेको छ । सांगीतिक कार्यक्रमको लागि नेपालबाट केही कलाकार समेत ल्याउन लागेको अध्यक्ष लामाले बताए । कोरोनाको महामारीले गर्दा विगत २ बर्षदेखि केही कार्यक्रम गर्न नदिएका कोरियन सरकारले यस बर्षदेखि खुकुल्लो पारेको छ । महामारीको समयमा अनलाइनमार्फत मनाइरहेको ल्होछार कार्यक्रम यस बर्ष खुल्ला रुपमै मनाउन थालेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...