चितवन सांगीतिक धमकाको लागि गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने

चितवन सम्पर्क समिति दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ मा चितवन सांगीतिक धमाका भाग ४ गर्ने भएको छ । सांगीतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।
गायक उर्गेन दोङ अहिलेका चर्चित गायक हुन् । उनको हाम्रो यो माया, माया तितो मिठो, टाढा भए पनि, लजालु मायालु जस्तो गीतले लाखौं श्रोताको मन छोएका छ । त्यस्तै गायिका अनु चौधरी ए हो र माया, लजालु मायालु, विन्दिया बोलाए सजना लगाएतको गीतमा मिलियन भ्युज छन् । डान्सर कविता नेपाली बुगि बुगि डान्स रियालिटी शो कि विजेता हुन् भने उनले नाचेका कतिपय स्टेपहरु टिकटिकमा ट्रेन्ड नै गरेका छन् ।
‘कोरोना काल पछि कोरिया तात्ने छ । यो सालनालमा सबै भन्दा राम्रो कलाकारको प्रस्तुति हाम्रो रहने छ । यसमा सबै क्षेत्रको सहयोग रहन्छ भन्ने विश्वास लिएका छौं ।’ समितिका अध्यक्ष राजकुमार स्याङ्तानले भने । ‘अहिलेका चर्चित गायक, गायिका र डान्सरको प्रस्तुति रहने छ । कोरियामा भएका साथीभाइ आउनु होला । सबैलाई एकदमै मनोरञ्जन हुनेछ । उनले थपे ।
चितवन सांगीतिक धमका भएको आम्दानीबाट जिल्लाको विपन्न गाउँका जेहेन्दार विद्यार्थीका लागि आर्थिक सहयोग गरिने आयोजकले बताएको छ । यो मनोरञ्जन लिदै गरिने सामाजिक कार्य हो । यसमा सबैले सहायोग गर्नेछ भन्ने मैले विश्वास लिएको छु । गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाका अध्यक्ष दिपक पुनले भने ।
बाग्मती प्रदेश एकता समाजका अध्यक्ष रविप्रताप घिसिङले बाग्मती क्षेत्रका सबै क्रियाशिल संघसंस्थाले कार्यक्रममा प्रत्येक्ष सहयोग गर्ने र कार्यक्रम सकिए पछि छिटो भन्दा छिटो आर्थिक हिसाब किताब देखाइने बताए । कार्यक्रममा दोलखाली समाजका अध्यक्ष निर्मल कार्की, धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष विपी पौड्याल, पत्रकार महासंघ दक्षिण कोरियाका उपाध्यक्ष विक्रम बज्यू, तामाङ पत्रकार संघका अध्यक्ष अमिर योञ्जन लगाएतका संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।