क्यान्सर पिडित पूर्व राष्ट्रिय खलाडीलाई आर्थिक सहयोग हस्तान्तरण


सोल – पेटको क्यान्सरबाट ग्रसित पूर्व राष्ट्रिय बक्सर खेलाडी इन्द्र राना मगरको उपचारार्थ नेपाल मगर संघ दक्षिण कोरियाले संकलन गरेको करिब साँढे छैसठ्ठी लाख कोरियन वन हस्तान्तरण गरिएको छ |

 

केहि बर्ष अघि रोजगारीको शिलशिलामा कोरिया आउनु भएको इन्द्र राना मगरको पेटमा अचानक क्यान्सर भएको देखा परेपछि पहिलो अप्ररेसन गरिएको थियो | त्यसको लगत्तै पुन: अर्को अप्रेसन गर्नु पर्ने भएकोले आवश्यक रकम अभाब भएकोले कोरियामा रहनु हुने सम्पूर्ण महानुभाब हरुसंग सहयोग अपिल गरिएको थियो l

 
कोरियामा लामो समय देखी आफ्नो ब्यबसाय गर्दौ आउनु भएका समाज सेवीद्वय ओम नारायण जुग्जाली ज्यु र दिपक थापा मगर ज्यु को पहलमा ८०१,००० (आठ लाख एक हजार वन ) त्यस्तै गरि समाज सेवीद्वय मनोज डाँगी र गोबिन्द रावल ज्युको पहल मा ३०,८६,००० (तीस लाख छयासी हजार वन ) , नेपाल मगर संघ कोरियाको पहलमा २७,५९,००० (सत्ताइस लाख उनान्साठी हजार वन ) जम्मा ६६,४६,००० वन (अक्षयरुपी छैसठ्ठी लाख छयालीस हजार कोरियन वन ) एकमुष्ट रकम जम्मा गरी पिडित समक्ष नेपाल मगर संघ कोरियाको अध्यक्ष श्री खड्ग थापा मगर, नेपाल मगर संघ केन्द्रीय समिति नेपालकी सदस्य मिना थापा मगर , सचिब किरण थापा मगर, बरिष्ठ सल्लाहकारहरु द्वय हेम थापा मगर र झक थापा मगर त्यस्तै गरि समाज सेवी द्वय मनोज डाँगी तथा गोबिन्द रावल तथा अन्य महानुभाबहरुको उपस्थितीमा हस्पिटल प्राङ्गणमा पिडित्लाइ उक्त रकम हस्तान्तरण गरिएको थियो |

 
हस्पिटलमा रकम पुर्ति भएपछी बिरामी इन्द्र रानामगर ज्यु डिस्चार्ज हुनु भई हाल आराम गरिहहनु भएको छ | एक नेपालीलाइ अप्ठ्यारो परेको बेला सम्पूर्ण कोरियाबासी नेपालीहरुले गर्नु भएको सहयोग अत्यन्त सह्रानिय रहेको बताउदै सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई संस्थाले हार्दिक कृतज्ञता ब्यक्त गरेको भएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...