Advertisement
SKIP THIS

नेपाल आइक्यापको सदस्य बन्ने निश्चित


सोल-नेपालले एसियाका सत्तारुढ र बिपक्षी राजनीतिक दलहरुको संगठन ‘इन्टरनेशनल कन्फरेन्स अफ एसियन पार्टीज” (आइक्याप) को सदस्यता प्राप्त गर्ने निश्चित भएको छ । नेपाल सरकारले यसको बडापत्र (एमओयु) मा शुक्रबार हस्ताक्षर गरेसंगै आइक्यापको सदस्यता पाउने निश्चित भएको हो ।

 

एमओयुमा नेपाल सरकारका तर्फबाट दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले आइक्यापका महासचिब छुङ इयूल योङको उपस्थितिमा सोलस्थित नेपाली राजदूताबासमा हस्ताक्षर गरेका थिए ।

 

५३ देश संलग्न आइक्यापको सदस्यता बन्न नेपालले एक बर्षअघि आशय पत्र पठाएको थियो । छ महिनाभित्र सदस्य राष्ट्रहरु मध्ये बहुमतले नेपाललाई सदस्यता प्रदान गर्ने आशय जनाएपछि नेपालले औपचारिक रुपमा पाँच बर्षका लागि सदस्यता प्राप्त गर्नेछ । आज भएको सम्झौता निर्णयका लागि सदस्य राष्ट्रहरुलाई आइक्याप सचिबलायाले पठाउने छ ।

 

आज भएको सम्झौताले आइक्यापको गतिबिधि र कार्यक्रमहरुमा सहभागी हुन नेपाललाई बाटो खुलेको छ ।

 

एसियाका सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहयोग र अनुभव आदानप्रदान गर्ने उद्धेश्यले सन् २००० को सेप्टेम्बरमा मनिलामा यसको स्थापना भएको थियो । आइक्यापमा हाल ३ सय ६० दलहरु संलग्न छन् ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...