Advertisement
SKIP THIS

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले मनायो आदिवासी दिवस


आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले आइतबार ‘आदिवासी जनजाति आन्दोलनमा साहित्यको भूमिकाः हिजो आज र भोली’ नामक कार्यक्रमको आयोजना गरेर अन्तराष्ट्रिय आदिवासी दिवस मनाएको छ । कार्यक्रममा कवि लेखक भूपाल राई र लेखिका कुमारी लामाले आदिवासी साहित्यको विभिन्न पक्षमा आफ्नो विचार राखेका थिए ।
जुम मार्फत भएको कार्यक्रममा लेखक राईले साहित्यमा अहिले जनजातिका आक्रोसका विभिन्न पक्ष आएको बताएका छन् । ‘अहिले गरिरहेको साहित्य आक्रोशको सेरोफेरोमा छ । अबको समय हाम्रो पुर्खाले हाम्रो लागि राखेको प्राज्ञिक ज्ञान र विश्व दृष्टिकोण आउनु पर्यो । साथै अब हामी भनेको लेखक साहित्यकार भएर मात्र नहुने रहेछ । त्यो कही न कही राजनैतिक पार्टीमा गएर जोडिनु पर्ने रहेछ । मैले यो पार्टी त्यो पार्टी भन्न मिल्दैन तर अब जनजातिका विषयलाई पूरा गर्ने पार्टी हुनु पर्छ ।’
त्यस्तै लेखिका कुमारी लामाले जनजातिहरु राज्यबाट धेरै पहिले देखि नै हेलामा पारिदै आएको बताइन् । ‘राज्यले नै एउटै भाषा एउटै भेष भन्नु नै जनजातिका संस्कार संस्कति मास्नु हो । म राम्रो नेपाली बोल्छु अग्रेजी पढाउँछु तर तामाङ भाषा आउँदैन । यो राज्यको संरचना ठीक नभएकोले यस्तो समस्या भएको हो ।’ उनले भनिन् ।
झन्डै दुई घन्टा चलेको कार्यक्रममा कोरियामा रहेका विभिन्न साहित्यसँग सम्वन्धित व्यक्ति र संघसंस्थाका प्रतिनिधि सहभागी रहेको थियो । कार्यक्रममा वक्ताका रुपमा हरेका साहित्यकार आहुती स्वस्थ्य समस्याका कारण सहभागि हुन नसकेको महासंघका संयोजक पराजित पोमूले जानकारी गराएका थिए । ‘उहाँका स्वस्थ्यमा समस्याका कारण आजको कार्यक्रममा आउनु भएन । हामीले पनि छोटो समयमा कार्यक्रम गर्नु परेकोले धेरै साथीभाइलाई जानकारी गराउन सकेनौं ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...