Advertisement
SKIP THIS

‘दोस्रो स्याङ्जा कप २०१५’को तयारी तिब्र हँुदै


नोमराज गुरुङ

सोल कोरिया

अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागेको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र भईरहेको छ ।

प्रतियोगिताको मिति नजिकिँदै गर्दा आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले दोस्रो स्याङ्कपर्लाइ भव्य र सभ्य ढंगले सफल पार्न तयारी तिब्र पारेको हो ।

‘सद्भाव र एकताको कामना, स्याङ्जा कपको आयोजना’ भन्ने मूल नाराका साथ आयोजना गरिने दोस्रो स्याङ्जा कप २०१५ को लागि अगामी जुलाई २६ तारिख टिम दर्ता र टाईसिट सार्वजानिक गरिने परिवारका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिए ।

गुरुङ्को अनुसार सोलको दोङ्देमुन स्थित फेवा मार्टमा हुने र्टाइसिट सार्वजानिक कार्यक्रमका लागि प्रतियोगितामा सहभागि हुने संघ–संस्था तथा भलिबल टिमका प्रतिनिधीहरु सबैलाई पत्रचार गरिसकिएको छ ।

कोरियन गर्मी बिदाको अवसर परेको हुनाले अन्य प्रतियोगितामा भन्दा ‘दोस्रो स्याङ्जा कप २०१५’ मा अलि बढि टिमको सभागिता रहने पनि गुरुङ्ले बताए । ‘हामीले करिब २० टिमको सहभागिता हुने अनुममान गरेका छौं ।

दर्शकको चाप बढि हुनसक्ने र प्रतिस्पर्धी टिमहरुको सहभागिता पनि बढि हुने अनुमान भएकाले परिवारले करिब १ सय भोलिन्टिएरलाई युनिफर्म र परिचयपत्र सहित परिचालन गर्ने समेत बताईएको छ ।

तयारीकै दौडानमा आयोजकले पोस्टर र ब्यानर समेत सार्वजानिक गरेको छ । जसअनुसार दोस्रो स्याङ्जा कप २०१५ सोलको गुफाबाल योक नजिकैको उन्फ्योङ्ग खेल केन्द्र (तनहुँ सम्पर्क समितिले भानु कप आयोजना गरेको स्टेडियम) मा सञ्चालन हुनेछ ।

बिहान ९ बजेबाटै खेल सञ्चालन गरिने उक्त  प्रतियोगिता स्थलसम्म पुग्नलाई खेलाडीहरु र खेलप्रेमीहरुले ट्रेन लाईन नम्बर ३ बाट गुफाबाल स्टेशनमा झरी गेट नम्बर २ बाट हिँडेर १० मिनेटमा उन्फ्योङ्ग खेल केन्द्र पुग्न सकिने आयोजकले जनाएको छ ।

त्यस्तै सबै खेलप्रेमीहरुको सुबिधाको लागि २ नम्बर गेटबाटै स्टेडियमसम्म बाटो पहिल्याउनका लागि एरो चिन्ह समेत राखिने बताईएको छ ।

प्रतियोगिता अवधीमा भाग्यशाली चिट्ठा कार्यक्रम समेत गरिने छ । संस्थाका सह–सचिव मित्रबन्धु काफ्ले, उपाध्यक्ष याम गुरुङ् र सदस्य मणि खनालले चिट्ठा कार्यक्रमको जिम्मेवारी लिएको र बिक्री बितरण समेत तिब्र भईरहेको बताईएको छ ।

सो अवसरमा खेलाडी र दर्शकको सुविधाको लािग खाना व्यवस्थापनको जिम्मेवारी संस्थाका कोषाध्यक्ष टेक राना,  निवर्तमान उपाध्यक्ष हिमानी गुरुङ्, सदस्य द्धय सपना शर्मा र कल्पना गुरुङलाई तोकिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...