Advertisement
SKIP THIS

स्याङ्जा परिवार दक्षिण कोरियाको २४औं वार्षिक साधारण सभा सम्पन्न


कोरिया स्थित स्याङ्जा परिवारले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर आइतबार २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको एघारौं कार्यसमितिको वितेको एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले भर्चुअल जूम मार्फत उक्त साधारण सम्पन्न भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास सउल कोरियाका कार्यवाहक राजदूत रामसिंह थापा, विशेष अतिथिहरु एनआरएनए कोरियाका अध्यक्ष दिपक पुन, नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल र अतिथिहरुमा संस्था वरिष्ठ सल्लाहकार, सल्लाहकार, शाखाका अध्यक्षहरु, कोरियास्थित विभिन्न संघ-संस्थाका अध्यक्षहरु लगायतले कार्यक्रम सफलताको शुभकामना सहित आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाको उपाध्यक्ष भक्त थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका सहसचिव सुशिल अर्यालले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका कोषाध्यक्ष मञ्जु गुरुङ र कमल रेग्मी “धनु”ले प्रस्तुत गरेका थिए । संस्थाको किम्हे बुसान शाखाका अध्यक्ष कमल अर्याल र थेगु शाखाका उपाध्यक्ष शरण न्यौपानेले सम्बन्धित शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप रोचक र संगीतमय बनाउन नेपालबाट जूम भर्चुअल मार्फत जोडिएर राष्ट्रिय कलाकारहरु खुमन अधिकारी, शंकर विरही गुरुङ, सबिना गुरुङ, सुमन थापा मगर, विक्रम परियार लगायतले सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन दिएका थिए ।

जूम भर्चुअलमा लेसन गुरुङ/बोम्जन गुरुङको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका केन्द्रीय सचिव माधव अर्यालले गरेका थिए । स्याङ्जा परिवार दक्षिण कोरियाको २४औं वार्षिक साधारण सभालाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जूम भर्चुअल मार्फत जोडिएर सहयोग गरिदिनुहुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...