Advertisement
SKIP THIS

विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताको नतिजा सहित दक्षिण कोरियामा तमू ल्होसार मनाईयो


विगतका वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि सउलस्थित नाम्यङ्ग सागरीमा रहेको नेपाली चुल्हो रेष्टुरेन्टमा यस वर्षको तमू ल्होसार मनाईएको छ । तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भाषा, भेषभूषा, संस्कार, सँस्कृति तथा परम्परालाई संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्य सहित ल्वों ल्हो (गाई वर्ग) लाई विदाई र तो ल्हो (बाघ वर्ग) लाई स्वागत गर्दै शुभकामना आदानप्रदान, मातृभाषाको कविता वाचन तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि उक्त ल्होसार सम्पन्न भएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमू (गुरुङ) समुदायको विश्वब्यापी नारालाई तमु धीं दक्षिण कोरियाले आत्मासाथ गर्दै आईरहेको छ । संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको सभापतित्व र तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद काठमाण्डौका अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा सो ल्होसार मनाईएको हो ।

सो कार्यक्रममा विशेष अतिथिको रुपमा तमू धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, नेपाली राजदूतावास सउल कोरियाका श्रम सहचारी रमा भट्टराई, बौद्ध अर्घौ सदन पोखराका अध्यक्ष भुवनसिं गुरुङ र सोही सदनका लामा प्रमुख खेन्पो शिर लामा गुरुङ, प्ये ल्हु संघ नेपालका पच्यु चिवा ठौ बहादुर गुरुङ, कवि तथा साहित्यकार तेज बहादुर च्हाक्ली गुरुङ र अतिथिको रुपमा कोरियामा स्थित विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रवास शाखाका अध्यक्षहरु उपस्थित रहेका थिए ।

ल्होसारकै अवसर पारेर तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य संयोजनमा आयोजित विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगितामा प्रतियोगी नं. १ तमू फ्रे छमी धीं (सोरठी नृत्य) स्याङ्जा वालिङले प्रथम स्थान, प्रतियोगी नं. ३ सिर्सेकोट समाज (घाँटु नृत्य) स्याङ्जाले द्वित्तीय स्थान र प्रतियोगी नं. १० पसगाउँ लमजुङले तृतीय स्थान हासिल गर्दै ट्रफी र प्रमाण पत्र सहित क्रमशः नगद रु. पचास हजार, तीस हजार र पन्ध्र हजार प्राप्त गरे भने उत्कृष्ट भेषभूषाको रुपमा प्रतियोगी नं. ४ पैंयुखोला तमू समाज काजीपोखरी १४, कास्की पोखराका समूहले ट्रफी र प्रमाण पत्र सहित नगद रु. दश हजार प्राप्त गरे । प्रतियोगितामा एकल वा सामूहिक रुपमा जम्मा १८ प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

नेपालबाट जूम भर्चूअल मार्फत जोडिएर चर्चितद्धय गायिका ममता गुरुङ र तिलक गुरुङले गीत प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए भने दक्षिण कोरियामा रहेका कलाकार लिलु गुरुङले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरिन् । संस्थाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रुपा गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव सन्तोष गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । तमू धीं दक्षिण कोरियाद्धारा आयोजित तमू ल्होसारलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष र जूम भर्चुअल मार्फत जोडिएर सहयोग गरिदिनुहुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...