तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा सुबास योञ्जन तामाङ

तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सुबास योञ्जन तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षमा विश्वराज लामा, नेत्र तामाङ, महिला उपाध्यक्षमा अञ्जु दिम्दोङ, महासचिवमा तीर्थमान बल, सचिव शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ, कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएको छ ।
त्यसैगरी सदस्यहरुमा इकमान लामा, युनिक ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, सोङबहादुर लो राजु, मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, माइली मोक्तान, रामचन्द्र तामाङ, कृतिका ग्लान र मिङ्मा लामा चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथिमा सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, बिशेष अतिथिहरूमा तामाङ घेदुङको अध्यक्ष मोहन गोले, फोनिजको बरिष्ठ उपाध्यक्ष गजुरधन राई, तामाङ अन्तरास्ट्रिय तामाङ परिषद (ITC) को बरिष्ठ उपाध्यक्ष टासी लामा, तामाङ राष्ट्रिय महासंघ लगायत संस्थाको प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको छ ।
संघको महाधिवेशन निर्वाचन समितिको संयोजकमा प्रतिक ङेसुर तामाङ, सदस्यहरूमा अमरध्वाज लामा, जगतमान दोङ तामाङ र सोन्चु ब्लोन तामाङ रहेको थियो ।
वि.सं. २०६१ सालमा स्थापना भएको तामाङ पत्रकार संघको हाल २२ जिल्ला, २ प्रदेश, १ प्रवास र संघीय समितीहरू क्रियाशील छन् ।