नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको क्षेत्रीय अधिवेसन सम्पन्न
नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छेठौ क्षेत्रीय अधिवेसन आईतबार सम्पन्न भएको छ । कोरोनाको प्रतिकूल परिस्थितिले भर्च्युअल माध्यम जूममार्फत अधिवेशन आइतबार गरिएको थियो ।
अधिवेसनबाट नव निर्वाचित क्षेत्रीय सभपतिहरूमा सउलः किसान गुरूङ, ओईजंबुः बुद्ध लामा, इन्छनः राम कुमार गौतम, आन्सानः सूर्य बहादुर स्याङ्बो, छनान/फेन्तेकः राजन गैह्रे, देगुः प्रकाश बराल, बुसानः जीवन पछाई र छुन्बुकः दिपक विश्वकर्मा चयन भएका छन् ।
‘एउटा ऐतिहासिक क्षेत्रीय अधिबेशन सम्पन्न गर्नुभएकोमा क्षेत्रीय सभापती, क्षेत्रीय समिति त्यस्तै केन्द्रिय प्रतिनिधि लगायत निर्वाचन समिती, कार्यसमिति, क्षेत्रीय समितिको सकृयताले अधिवेशन सफल भएकोमा आभार प्रकट गरिन ।’– जनसम्पर्क समिती दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्ल । केन्द्रिय महाधिबेशनमा उल्लासमय ढंगले सम्पन्न गराउन यहाँहरुको महत्वपूर्ण भुमिका रहनेछ र फेरि एक नयाँ शिराबाट संगठनले अबिचलित रुपमा आफ्नो कार्य सम्पन्न गर्दै जानेछ भन्ने विश्वाससमेत सभापति मल्लले ब्यक्त गरिन् ।
नेपाली कांग्रेसको चालू १४ औं राष्ट्रिय महाधिवेशन अनुरूप नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छैटौं केन्द्रिय महाधिबेशन नोभेम्बर २८ तारिकमा हुदैंछ ।