Advertisement
SKIP THIS

तमू धीं कोरियाले विश्वव्यापी अनलाइन तमू साँस्कृतिक (नृत्य) प्रतियोगिता गर्ने


बोम्जन गुरुङ
१८ नोभेम्बर २०२१, सउल कोरिया

तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य सक्रियतामा विश्वव्यापी अनलाइन तमू साँस्कृतिक (नृत्य) प्रतियोगिता हुने भएको छ । आउँदै गरेको तमू (गुरुङ) समुदायको महान् पर्व तथा नयाँ वर्ष तमू ल्होसार (पौष पन्ध्र) को अवसरलाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना गरिने भएको हो ।

यस प्रतियोगिताले तमू समुदायभित्र रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने, कलाकारिता क्षेत्रलाई प्रोत्साहन मात्र नभएर भाषा, संस्कार संस्कृति र परम्पराको जगेर्ना साथै सम्बर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले सो प्रतियोगिताको आयोजना गरिएको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । कोरोना कहरसँगको प्रतिकूलता विच अनुकूलता खोज्दै आफ्नो समुदाय भित्रको प्रतिभा खोजीसँगै जातीय पहिचान र अस्तित्वलाई विश्वसामु फैलाउनु कार्यक्रमको मुख्य ध्येय रहेको संस्थाको महासचिव सन्तोष गुरुङले थपे । तमू जातिको मौलिकतालाई विशेष जोड दिदै जातीय भेषभूषा, प्रस्तुति, अभिनय र कलाको आधारमा प्रतियोगी विजयी घोषणा गरिने संस्थाका साँस्कृतिक विभाग प्रमुख सुनिल गुरुङले प्रष्टयाए ।

कार्यक्रमको प्रारम्भिक तयारी अन्तर्गत साँस्कृतिक विभाग प्रमुख सुनिल गुरुङ संयोजकत्व रहने गरी टोप गुरुङ, लिलु गुरुङ, बोम्जन गुरुङ, विपना गुरुङ, सबनम गुरुङ, मञ्जु गुरुङ सहितको सात सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतियोगीले विशुद्ध गुरुङ भाषाको जूनसुकै गीतमा आफ्नो एकल वा सामूहिक कला प्रस्तुत गर्न पाउनेछन् र भिडियो दुई देखि तीन मिनेटसम्म हुनुपर्ने नियम कायम गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्नेले क्रमशः पचास हजार रुपैंया, तीस हजार रुपैंया, पन्ध्र हजार रुपैंया सहित आकर्षक ट्रफी र सम्मान पत्र प्राप्त गर्नेछन् भने भेषभूषा प्रस्तुतिको आधारमा उत्कृष्ट एकजनाले दश हजार रुपैंया र सम्मान पत्र हात पार्नेछन् । प्रतियोगिताका सहभागिताका लागि यही नोभेम्बर २१ देखि डिसेम्बर २५ सम्म खुल्ला गरिएको छ । प्रतियोगितासम्बन्धी अन्य नियम र जानकारीहरु छिट्टै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...