तमू समाज कुवेतको पाँचौ अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: राजु गुरुङ


कुबेत – “प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु ,“अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ २००९ मा स्थापना भएको तमूहरु (गुरुङहरु)को साझा संस्था तमू समाज कुबेतको पाँचौ अधिवेशन मिति ०५ नोवेम्बर २०२१ शुक्रबारका दिन कुवेतको फर्वनिय स्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि समाजको संस्थापक तथा संरक्षक पाँचौ अधिबेसनको निर्बाचान प्रमुख अमर तमू रहेका थिए भने अधिबेशन कार्यक्रम समाजका उपाध्यक्ष याम तमूले संचालन गरेका थिए। कार्यक्रममा सभापति र प्रमुख अतिथीले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमू राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका महासचिव सुरेश तमूले स्वागत मन्तव्य द्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई अति भब्य सब्य बनाउनको लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यो,कौडा तथा सामुहिक नृत्य प्रस्तुत गरी झनै पाँचौ अधिवेशन लाई सुगन्ध भर्ने काम समाजका सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले गरेको थियो भने कार्यक्रममा शुभकामना मन्तव्य समाजका सल्लाहकारहरु खोप तमू,भिम तमू,गोप प्रसाद तमू लगायतले शुभकामना मन्तव्य राखेका थिए।

यसैगरी समाजले तीन वर्षसम्म गरेको उल्लेखनीय कार्य गतिविधि तथा आर्थिक कारोबारका विवारण कोषाध्यक्ष गोपाल तमूले छोटकारीमा प्रस्तुत गरेका थिए । समाजले अधिवेशनलाई सरल,सहज र निष्पक्ष तरिकाले सम्पन्न गर्न समाजका संस्थापक अध्यक्ष अमर तमूको संयोजकत्वमा ६ जना निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै निर्वाचित समितिले नयाँ कार्यसमितिको नामावली प्रकाशित गरेको थियो ।

तमू समाज कुवेतको पाँचौ अधिवेशन बाट निर्वाचित नयाँ कार्यसमिति निम्नानुसार रहेको छ । अध्यक्षमा राजु तमू (ईटहरी),प्रथम उपाध्यक्षमा याम तमू (लमजुङ),द्वितीय उपाध्यक्षमा रन्जना तमुस्यो (संखुवासभा),महासचिवमा सुरेश तमू (संखुवासभा),सचिवमा नन्द घले (लमजुङ), सह-सचिवमा भेद तमू (लमजुङ) रहेको छ। कोषाध्यक्षमा पदम तमू (स्याङ्जा), सह-कोषाध्यक्षमा अमृत तमू (कास्की), कृष्टी तमुस्यो (संखुवासभा) रहेछ भने सदस्यहरुमा गोपाल तमू (चितवन), निपेस तमू (संखुवा सभा), कृष्ण तमू (बुटवल A),रमेश तमू (गोरखा),तेज तमू (गोरखा),शुक बहादुर तमू (कास्की),किरण तमू (कास्की),केश तमू (कास्की ),सुजन तमू (तनहुँ ),नानी तमुस्यो (कास्की),रिसा तमुयो (बुटवल,रुपन्देही ),दिल राज तमू,मिन बहादुर तमू ,कबिता तमुस्यो (काठमाडौं),पुष्पा तमुस्यो (संखुवासभा),सुमित्रा तमुस्यो (गोरखा), याम बहादुर तमू (कास्की),गीता तमुस्यो (ईटहरी,सुनसरी ), सुधिर घले (काठमाडौं),सपना तमुस्यो (लमजुङ), गीता तमुस्यो(ईटहरी,सुनसरी ), पुर्णिमा तमुस्यो (कास्की),अमृत तमु (लुम्बिनी ), लक्ष्मी तमुस्यो (नवलपरासी ),रेनुका तमुस्यो (झापा),सुमी तमुस्यो (धरान सुनसरी ),हिमा तमुस्यो (बुटवल रुपन्देही ),राजेन तमू (कास्की), हरी तमू,अर्जुन तमू ,कृष्ण तमू,प्रमोद तमू
र सुमित तमू रहेका छन् ।

त्यसैगरी तमू साँस्कृतिक परिवार कुवेतको प्रमुखमा शोभा तमुस्यो (चितवन),उपप्रमुखमा रुप तमू (कास्की),उपप्रमुखमा बबिता तमुस्यो (कास्की) रहेको छ भने सदस्यहरुमा सुशिल तमू (स्याङ्जा),प्रेम तमू (बुटवल रुपन्देही ),सन्तोष (डेनी) तमू (काठमाडौं),भेद तमू (लमजुङ),हेमा तमुस्यो (कास्की),कुमारी तमुस्यो (काठमाडौं), अमृत तमू (कास्की),सरस्वती तमुस्यो (काठमाडौं), निर्मला तमुस्यो (कास्की),योजान राइ(धरान) र सुमी सुनाम (कास्की) रहेका छ्न।

तमू खेलकुद समितिको खेलकुद प्रमुखमा भुप्रसाद तमू (लमजुङ),युवा संयोजकमा पदम तमू (स्याङ्जा) र महिला संयोजकमा कुमारी तमुस्यो (काठमाडौं) रहेको छ । त्यसैगरी संरक्षक तथा सल्लाहकार समितिमा
संस्थापक तथा संरक्षक अमर तमू (कास्की) रहेको छ भने वरिष्ठ सल्लाहकारमा वीर माया तमुस्यो (कास्की),सल्लाहकारहरुमा अमृत तमू (मोरङ),देबी तमुस्यो (कास्की),सुक बहादुर तमू (कास्की),सुमन तमू (भैरहवा),खोप तमू (रुपन्देही), भिम बहादुर तमू (बुटवल),गोप प्रसाद तमु (कास्की),रन्जु तमुस्यो (सिन्धुपाल्चोक),रोशन राज तमू (पर्वत ) र पबित्रा तमुस्यो (रुपन्देही) रहेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजु तमूले मन्तव्य राख्दै सवैलाई एकजुट बनाएर संगठनलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दै उक्त कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद आभार प्रकट गर्दै अध्यक्ष तमूले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...