नेपाली साहित्यकी नक्षेत्रः बिना थिङ तामाङ ‘सुनगाभा’
साहित्यकार: कवि तथा कथाकार ‘बिना थिङ तामाङ’ नेपाली साहित्य र सामाजिक क्षेत्रमा परिचित नाम हो । साहित्यमा एक दशकबढी समय बिताएकी उनी पेशाले जयभद्रकाली आधारभुत बिद्यालयको उप-प्राध्यापक तथा शिक्षिका हुन् । उनलाइ साहित्यिक माहोलमा बिना थिङ ‘सुनगाभा’ उपनामले पनि सम्बोधन गरेको पाइन्छ ।
संयोगले एकदुइ पटकमात्र सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा संवाद भएको हामी इतर साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित इतर साहित्यिक कविता प्रतियोगिता-२०२० मा नेपालदेखि प्रमुख अथितिको रुपमा सहभागी भएको बेलामा उनीसंग प्रत्यक्ष अविस्मरणीय साक्षात्कार गरि केहि कविता सुन्ने सैभाग्य मिलेको थियो । उनको साहित्यिक कृति पढ्दा र सुन्दा चरम सुखको आनन्द मिल्छ ।
उनको कथा संग्रह पहिलो ‘छुकी’ २०७० र कविता संग्रह दोस्रो ‘रातोघर’ २०७२ मा प्रकाशित कृतिहरू हुन्भने उनलाइ पछिल्लो प्रकाशित कृति कथा संग्रह ‘याम्बुनेर’ले अझ थप उचाइमा पुर्याइएको छ ।
उनी तामाङ सेवा समाजद्वारा आयोजित ‘सुलभ तामाङ प्रतिभा पुरस्कार’ २०७३ र राष्ट्रिय स्तरमा आयोजित ‘बाह्रखरी डिसहोम कथा वाचन प्रतियोगिता-२०७५’ मा प्रथम भई पुरस्कृत भएकी हुन् ।
सानै उमेरदेखि किताब अध्ययनमा विशेष रूचि राख्ने उनी नेपाली साहित्यसंगै विश्व साहित्यमा पनि अध्ययन र लेखनमार्फत आफुलाइ सामाहित हुन चाहन्छिन् । हालै ‘भ्याड भाले’ कथा हिन्दी भाषामा अनुवाद भएको छ, यसले पनि विश्व साहित्यमा उनी प्रवेशको थालनी भएको मान्न सकिन्छ ।
उनको साहित्य यथार्थपरक, वस्तुनिष्ठ, समसामयिक, सामाजिक सचेतना, वास्तविक घटनापरक, बिम्ब र मिथको उच्चस्तरको लेखन र वाचन दुबैमा आकर्षक प्रस्तुतिशैलीकी धनी, प्रतिभाशाली नारी तथा नेपाली साहित्यिक आकाशको नक्षेत्रभन्दा दुई मत नहोला । उनको कृतिमा माया प्रेमका कुरा र सामाजिक जागरणका बिषयले प्राथामिकता पाएको देखिन्छ ।
एसएलसी पश्चात अध्यापन थालेकी उनले स्नातकोत्तर तह (Master degree) सम्मको अध्ययन गरेकी उनि शिक्षित साहित्यकारको सूचीमा पर्दछिन् ।
उनले आफुलाइ लागेको बिषयमाथि आफै स्वयम उदाहरणीय स्वरूपमा विश्लेषण गरेको पाइन्छ ।
तामाङ समुदायको चेली र बुहारीको भूमिकामा देखिएकी उनी एक सशक्तकृत महिलाको वर्गमा पर्दछिन् । राज्यबाट अधिकार र सम्पत्तिको हकमा महिलालाइ विभेद छ, पुरूष प्रधान नेपाली समाजको बीचमा अरू समुदायको महिला दिदिबहिनीभन्दा तामाङ समुदायमा जन्मिएर आफुले केही मात्रामा बढी पाएको स्वतन्त्रताले आफुलाइ नेपाली समाज र साहित्यिक क्षेत्रमा सकृया रहन सहज भएको तर्क व्यक्त गर्छिन् ।
आफ्नो लेखनमार्फत समाजमा ब्याप्त बिकृति-विसंगतिमाथिको ब्यङ्ग्यात्मक प्रतिविम्वहरू रचनात्मक ढंगले पोख्छिन् । त्यसैले उनी धेरै पाठक तथा दर्शकश्रोताले मन पराउने साहित्यकार मध्येकी एक हुन् ।
उनले नारीको पिडा र खुसीसहितको जिवनशैली, सामाजिक सचेतना, समग्र बिषयगत तवरले सुधारवादी साहित्यकारका रूपमा देख्न सकिन्छ ।
त्यसैले नेपाली साहित्य र महिला सशक्तिकरणमा एक उदाहरणीय सबैले सम्झिरहने नाम हो ‘बिना थिङ तामाङ’ ।