एनआरएनए कोरियाको सचिव पदमा परी गुरुङको उम्मेदवारी ।


बोम्जन गुरुङ
२१ जुलाई २०२० कोरिया ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) का लागि लागि समाजसेवी परी गुरुङ (सोल मिरा)ले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।

उम्मेदवारी दर्ता प्रक्रिया शुरु भए लगत्तै कोषाध्यक्ष पदमा नाम दर्ता गराएको र विविध कारणवश रद्ध भएकोले पुनः सचिव पदमा उम्मेदवारी रहेको जानकारी गराउँदै नझुक्किन आम मतदाताहरुलाई आग्रह गरेकी छिन् । कोरोना जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट यही आउँदो जुलाई २५ तारिक उक्त महाधिवेशन हुने भएको हो ।
सन् २००९ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेका गुरुङ कोरिया स्थित तमु धीं ख्यङ्सनाम्दो बुसान शाखाको सल्लाहकार, आदिवासी जनजाति महासंघ बुसान शाखाका वरिष्ठ उपाध्यक्ष, किम्हे सिस्टरहुडका सल्लाहकार लगायत अन्य धेरै संस्थामा आबद्ध छिन् । स्पष्ट विचारधारा, आँटिलो स्वभाव र सहयोगी भावनाले ओतप्रोत गुरुङ कोरियाको जनसमुदायमा एक परिचित व्यक्तित्व र सफल व्यवसायी समेत हुन् ।

लामो समयदेखि कोरियामा विभिन्न संघसंस्थाहरुमा जोडिएर समाजसेवाको दायरालाई फराकिलो बनाउँदै आइरहेकी उनी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्यसमिति अन्तर्गत रहेर आफूले प्राप्त गरेको ज्ञान, अनुभवलाई आम नेपाली समुदायको हक, हित र सेवामा काम गर्ने अठोट सहित सचिव पदमा उम्मेदवारी दिएको उनले बताईन् । “समतामूलक समावेशीता रुपान्तरण सहितको पारदर्शिता” भन्ने नारालाई अघि सार्दै कोरियामा एआरएनए आम नेपालीहरुको विश्वासिलो सारथी र पूर्ण रुपमा मजदुरमैत्री हुनुपर्नेमा जोड दिईन् ।

संस्थाको नियम, मूल्य र मान्यतालाई आत्मासात गर्दै आफ्नो पदीय दायित्व र अभिभारामा कटिबद्ध रहेर स्वच्छ, निष्पक्ष र पारदर्शिता सहितको एनआरएनएको छविलाई उच्च बनाउने संकल्प र प्रतिबद्धता व्यक्त गर्दै उनी चुनावी मैदानमा उत्रिएकी हुन् । माईतिघर स्याङ्जा (हाल पोखरा) र कर्मघर बागलुङ रहेको र गुरुङकी चेली र मगरकी बुहारी रहेको सचिव पदका उम्मेदवार परी गुरुङले आफ्नो मताधिकार प्रयोग गर्दै भारी मतले विजयी गराउनुहुन कोरियामा रहनुहुने समस्त दाजुभाई, दिदीबहिनीहरु समक्ष हार्दिक अपिल गरेकी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित
  • फोनमनीबाट पैसा पठाउँदा तीन जनाले पाए दोब्बर रकम
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...